समाज जागरण साप्ताहिक पत्रिकाले आफ्नो १३ औं वार्षिकोत्सव – Dastabej

समाज जागरण साप्ताहिक पत्रिकाले आफ्नो १३ औं वार्षिकोत्सव


  • दस्तावेज

  • नेपालगन्ज, १२ चैत – समाज जागरण साप्ताहिक पत्रिकाले आफ्नो १३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । समाज जागरण साप्ताहिकको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शम्शेर राणाले साप्ताहिक पत्रिकालाई बचाउन आफ्नो कार्यालय तयार रहेको बताए ।
    विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुले बाँके जिल्लाका पहिला पत्रकार प. योगेश्वरप्रसाद मिश्रको स्मृतिमा कुनै काम गर्न नसकेपनि समाज जागरण पत्रिकाले अहिले पत्रकारिता क्षेत्रमा काम गर्ने यस्ता मुर्धन्य व्यक्तित्वहरुको यहाँ सम्मान गरी उपलब्धीपूर्ण कार्य गरेको जनाए । त्यसैगरी, अवधी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्रले अवधी भाषाको विकासको लागि समाज जागरण साप्ताहिक र सत्यमखबर डटकमले गरेको कार्यको प्रशंसा गरे । समाज जागरण साप्ताहिका सम्पादक÷प्रकाशक चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गुरमुरत यादवले गर्नुभएको थियो भने स्वागत मन्तब्य अवधी भाषी लेखक शिवप्रसाद पाठकले गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि र अन्य गणमान्य व्यक्तिहरुलाई समाज जागरण साप्ताहिक अंकित खादा वितरण गरिनुको साथै उहाँहरुलाई अवधी भाषीहरुले लगाउने टोपी समेत वितरण गरिएको थियो । यो टोपी वितरण कार्य नेपालगन्ज पहिलो पटक भएको बुझिन्छ । यस कार्यको प्रमुख अतिथि मेयर डा. राणाले समेत प्रशंसा गर्दै आफ्नो मन्तब्य हिन्दी÷अवधी भाषामा राखेका थिए ।
    उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष विरेन्द्र शाह, नेपाल पत्रकार महासंघ बाँके शाखा सहसचिव सकिल अहमद कादरी, नेपाल मुद्रण व्यवसायी संघका कोषाध्यक्ष मो. वहाब खानलगायतको उपस्थिति रहेको थियो भने समाज जागरण साप्ताहिकले १३ औं वार्षिकोत्सवको अवसरमा बाँकेका पहिलो पत्रकार मातृभूमि साप्ताहिकका सम्पादक÷प्रकाशक स्व. प.. योगेश्वरप्रसाद मिश्र ‘वैद्य’ जी, आदर्श मञ्च साप्ताहिकका सम्पादक÷प्रकाशक स्व. राधेश्याम शर्मालाई मरणोपरान्त अभिनन्दन तथा सम्मान खादा र प्रमाणपत्रसहित गरिएको थियो भने शिक्षा क्षेत्रमा योगदान गरेवापत प्रधानाध्यापक सन्ध्या शर्मा तथा कोभिड–१९ को बेला ६ नं. वडामा समाजसेवाको उल्लेखनीय कार्य गरेवापत वडाअध्यक्ष समिरप्रताप सिंह र समाजसेवी सुधिर प्रताप सिंहलाई कदर सम्मान गरिएको थियो ।

  • १२ चैत्र २०७७, बिहीबार १८:३६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर