नेपालगन्ज । बारबर्दिया नगरपालिका ३ बेलवाबज्जा गाउँस्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय दुर्गममा मानिने छ । खेलका लागि आवश्यक पर्ने सामाग्री छैन । गाउँमा प्रशिक्षण लिने भौतिक पुर्बधार छैन । तर त्यही बिद्यालयका बिद्यार्थीहरुले हालै सप्तरीमा भएको स्वर्गीय देवसुन्दर यादव महिला तथा पुरुष भारत्तोलन राष्ट्रिय प्रतियोगितामा ७ स्वर्णसहित १० पदक जित्न सफल भएपछि चर्चा चुलिएको छ । पुर्ब अन्र्तराष्ट्रिय भरात्तोलन खेलाडि, जनप्रतिनिधि र स्थानीयहरुले विजेता खेलाडीहरुको भब्य स्वागत गरिरहेका छन् । ४५ किलो समूहमा युथ र जुनियर तर्फ अरुसीमा थारुले स्वर्ण हात पारेका छन् । ५५ किलो समूह समूहमा नन्दा थापाले स्वर्ण र जुनियर तर्फ रजत हुन सफल भएकी हुन । ४९ किलो तौल समूहमा पवित्रा थापा मगरले स्वर्ण पुरुस्कार हात पारेकी छन् । युथ तफै ५९ किलो तौल समूहमा ललिता हेम्डनले युथ र जुनियरमा स्वर्ण पदक जितेकी छन् । ६१ किलो तौल समूहमा युथ तर्फबाट अजय थारुले स्वर्ण र जुनियर तर्फ रजत पदक जितेका हुन । सोही बिद्यालयमा अध्ययनरत ५५ किलो तौल समूह युथ तर्फ सुदिप थारुले रजत पदक हासिल गरेका हुन ।
भरोत्तलन खेल टिम व्यस्थापक रामकुमार थारुले खेल सामाग्री र भौतिक पुर्वधारका अभावमा पनि गाउँका खेलाडीहरुले राष्ट्रियस्तरको प्रतियोगितामा ७ स्वर्णसहित १० पदक जित्न सफल भएको बताए । ‘गाउ“मा भरत्तोलनका लागि अभ्यास गर्ने स्थान अभाव छ । खेल सामाग्री छैन । जेनतेन प्रशिक्षण दिएका छौ“,’ उनले भने,‘सरकारले त्यस तर्फ ध्यान दिने हो भने प्रतिभावान धेरै खेलाडीहरु अवसर नपाएरै गाउँमै सघुरिन बाध्य छन् ।’
उक्त बिद्यालयका प्रधानाध्यापक मुकुन्द प्रसाद पौडेलले स्कुल स्तरदेखि बिद्यार्थीहरुलाई पढाइजस्तै खेलमा पनि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले लगानी गर्न आवश्यक रहेको बताए । ‘खेलमा लगानी छैन । बिद्यालयबाट पनि आवश्यक पर्ने प्रयाप्त सामाग्री उपलब्ध गराउन सकेका छैनौ,’ उनले भने,‘तर हाम्रा बिद्यार्थीहरुले पदक जितेर बिद्यालयलाई देशभरी चिनाउन सफल भएका छन् । निकै खुसी लागेको छ ।’ खेल जितेका खेलाडीहरुलाई गाउँमा स्वागत र सम्मान गरिने क्रम जारी छ । पढाईमात्र नभएर खेललाई पनि पढाई जतिको महत्व बुझाउन अर्कषण गर्न सम्मान गरिएको हो । लुम्विनी प्रदेशसभा सदस्य तथा नेपाल भारत्तोलन संघका सल्हाकार तथा प्रथम भारत्तोलन ओलम्पियन सुरेन्द्र हमालले प्रदेश सरकारले उक्त गाउ“मा भारत्तोलनको लागि हल निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले ग्रामिण क्षेत्रका बिद्यालयमा खेलगतिबिधि हुने धारणा राखे । लुम्विुनी प्रदेशसभा सदस्य भुनेश्वर चौधरीले बिजेता खेलाडीहरुलाई सम्मान गर्दै ग्रामिण क्षेत्रबाट थुप्रै खेलाडीहरुले राष्ट्रियरुपमा पहिचान बनाउन सफल भएको जनाए । उनले बिद्यालयहरुमा खेल गतिबिधि गर्न सरकारले बजेटको व्यवस्था मिलाउन माग गर्ने प्रतिबद्धता जनाए । बर्दिया जिल्ला भारत्तोलन संघका अध्यक्ष कुलाराम थारुले विजेता खेलाडीहरुले एक सेट खेल सामाग्रीबाट गरेको अभ्यासले ७ स्वर्णसहित १० पदक जित्न सकेको जनाए । ‘खेल सामाग्रीहरुको ठूलो अभाव छ । एउटाले अभ्यास गर्दा अर्को खेलाडीले पालो कुर्नु पर्ने बाध्यता छ,’ उनको गुनासो छ ।