मुलुककै कान्छो बाँके निकुन्ज नदीबिहिन - Dastabej

मुलुककै कान्छो बाँके निकुन्ज नदीबिहिन

पानी खोज्दै निस्किने बन्यजन्तु र मानवद्धन्द्ध बढ्यो


  • दस्तावेज

  • नेपालगन्ज । साढे ५ सय बर्ग किलो मिटरमा फैलिएको मुलुकको सबैभन्दा कान्छो बा“के राष्ट्रिय निकुन्ज बाह्रै महिनै पानी बाग्ने नदी र खोलाबिहिन छ । जसका कारण गर्मी सुरु भएसंगै बन्यजन्तुहरु पानीको खोजीमा निकुन्ज बाहिर निस्किने गरेका छन् । निकुन्जको उत्तर सीमामा बबई र दक्षिणपुर्ब राप्ती नदी बगेको छ । निकुन्जका कतिपय क्षेत्रमा सिक्टा सिंचाई आयोजनाको मुल नहर छ । सिक्टाको नहर बन्यजन्तु मैत्री नभएका कारण दुर्घटना भै बन्यजन्तुको ज्यान जाने गरेको संरक्षणकर्मीहरु बताउ“छन् । निकुन्ज क्षेत्रमा बाह्रै महिना पानी बग्ने नदी र खोला नभएपछि बा“के निकुन्ज प्रशासनले करिव चार दर्जन बढी कृत्रिम पोखरी निमार्ण गरेको छ । तर ति पोखरीहरु गर्मी सुरु नहु“दै सुक्ने गरेको छ । बन्यजन्तुका लागि प्रकृतिक र कृत्रिम गरी निकुन्ज क्षेत्रमा करिव एक सय बढी पानीका स्रोत छन् । तर अधिकांश खोलाहरु खहरे भएकाले बर्षापछि सुक्छ । निकुन्जका प्रमुख संरक्षण अधिृकत श्याम शाहले निुकन्जभित्रका पानीका तीन तिहाई स्रोतहरु सुकिसकेको बताए । ‘एक चौठाई पानीका स्रोतहरुमा बढीथोरै पानी छ । बा“की सुकिसके । अरु सुक्ने क्रममै छन्,’ उनले भने,‘गर्मीसंगै निकुन्जमा बन्यजन्तुको चहलपहल बढी देखिन थालेको छ । पानीका कारणले पनि हुनसक्छ ।’ पानी खोज्दै बन्यजन्तुहरु निकुन्ज बाहिर निस्किेर मध्यवर्ती क्षेत्रमा प्रवेश गर्दै गाउ“सम्म पुग्छन् । संरक्षणकर्मीहरुका अनुसार बन्यजन्तुका लागि १० वर्ग किलोमिटर क्षेत्रमा एक वटा पानीको स्रोत आवश्यक पर्छ । तर निकुन्जमा प्रकृतिकरुपमा पानीको स्रोत नहु“दा कृतिम पानीको ब्यवस्था गरिएको हो । कृतिम पोखरीका लागि डिप बोरिङ्ग जडान गरिएको छ । कतिपय पोखरीमा पानी भर्नाका लागि सोलार प्यानबाट मोटर जडान गरिएका छन् । नदी र खोला नभएका कारण निकुन्जमा कृतिम ५५ बढी पानीका पोखरी आवश्यक पर्छ । ‘बाँके निकुन्जमा नदीनाला नभएका होईनन् । तर सबै खहरे छन् । सुख्खा समयमा पानी कम हुन्छ,’ उनले भने,‘पानी अभावमा बन्यजन्तु निकुन्ज बाहिर निस्कछन् । गाउँ पस्दा समस्या हुन्छ ।’ पानी खोज्दै गाउँ पसेका बन्यजन्तुहरुलाई कुकुरले आक्रण गरी घाईते बनाउने गरेका छन् । निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती नदीमा पानीका लागि बन्यजन्तुहरु जाँदा सडक दुर्घटनामा परेका छन् । राप्ती नदीमा पुग्न पुर्बपश्चिम महेन्द्र राजमार्ग कट्नु पर्छ । संरक्षण सुरु भएयता निकुन्जमा बन्यजन्तुको संख्या बढेको छ । हाल निकुन्जमा बाघको संख्या २१ पुगेको निकुन्जले जनाएको छ । दर्जन जंगली हात्ती पनि निकुन्जमा देखिने गरेका छन् । पानीमा पौडिन रुचाउने हात्तीका लागि प्राकृतिक खोला, ताल, पोखरी र सिमसार नहु“दा समस्या भएको हो । निकुन्ज प्रशासनका अनुसार बा“के निकुन्जमा हात्तीका लागि पानीको समस्या जटिल छ । पानी खोज्दै निकुन्जबाट बन्यजन्तु बाहिर निस्कने भएकाले मानव बन्यजन्तुबीच द्वन्द्व हुने गरेको छ । निकुन्जमा बाघ र हात्तीसहित चित्तल, जरायो, लगुना, बँदेल, नील गाई, चितुवा, भालु लगायत जनावर पाईन्छ । बन्यजन्तुका लागि निकुञ्जले गिद्देनीचौर, विकासनगर, खड्कवार, नवप्रतिभा लगायतका स्थानमा कृतिम पोखरी बनाइएको छ । त्यस्तै निकुन्जको करौतीमा पोखरी निर्माण गरेर १ हजार ७ सय मिटर टाढाबाट पाइपिङ्ग गरेर पानी जम्मा गर्ने प्रयास भइरहेको छ । निकुन्ज प्रशासनले बबई र राप्ती नदीबाट निकुञ्ज क्षेत्रमा बाह्रै महिना पानी ल्याउनका लागि आवश्यक पहल गर्न आवश्यक रहेको संरक्षणकर्मी तथा गाभर होमस्टेका सन्चालक कृष्ण चौधरी बताउ“छन् । उनले पोखरी सुक्ने गरेका कारण मानव र बन्यजन्तुको द्धन्द्ध बढेको छ । ‘निकुन्जभित्र पानी टिक्ने गरी नदी खोला नभएपछि बन्यजन्तु बाहिर निस्किने नै भए । मध्यवर्ती क्षेत्र पस्छन् । जसले द्धन्द्ध निम्तियाउने गरेको छ,’ उनले भने ।
    प्रमुख संरक्षण अधिकृत शाहले निकुन्जको चुरे क्षेत्रमा रहेको पानीको मुहानबाट पाईप मार्फत पानी ल्याउने प्रयास गरिरहेको जनाए । चुरेबाट ल्याएको पानी पोखरीमा खसाल्ने गरिएको छ । बाँके निकुन्जमा कम्दी जैबीक मार्ग भएर भारतीय निकुन्ज सुहेलवाबाट हात्ती र बाघ आउजाउ गर्ने गर्छन । उक्त निकुन्जले पश्चिम बर्दिया र पुर्बतर्फ नवलपरासीको जंगल जोेडिएकाले बन्यजन्तु आउजाउ बढी हुने गरेको छ । ०६७ बैशाख ३० गते सरकारले निकुञ्ज घोषणा गरी असार २८ गते राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको हो । निकुञ्ज संरक्षणका लागि नेपाली सेनाको सुरक्षा पोष्ट राखिएका छन् । मुलुक कै सबैभन्दा कान्छो निकुन्जमा बाघसंगै ११ प्रजातीका दुर्लभ तथा संकटमा परेका स्तनधारी रहेका भेटिएका छन् । ईकान्तिपुरबाट

  • १३ चैत्र २०७७, शुक्रबार १५:१८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार