नेराईमाबि बढैयामा एकै दिन तीन कार्यक्रम - Dastabej

नेराईमाबि बढैयामा एकै दिन तीन कार्यक्रम

बिद्यार्थी सिके हात धुने र प्याड बनाउने शीप


  • दस्तावेज

  • बर्दिया । बढैयाताल गाउँपालिकास्थित श्री नेपाल राष्टिय इन्दीरा भुसाल माध्यमिक बिद्यालयमा हात धुने शीप, बृहत यौनिकता शिक्षा तथा बालविवाह न्युनिकरण र सेन्टेरी प्याड बनाउने बिधि बारे तालिम दिइएको छ । प्लान इन्टर नेशनलको आर्थिक सहयोगमा गेरुवा ग्रामिण समाज केन्द्रले बिद्यालयका बालवालिकाहरुलाई हात धुने शिप सिकाइएको छ । केन्द्रकी सुपरभाईजर बिनिता घिमिरेले खानाखानु अघि र दिशापिसाब गरेपछि मिचिमिचि हात धुने बारे सिकाएकी थिईन ।

    केन्द्रले शुक्रबार नै सेन्टेरी प्याड बनाउने बिधि बारे जानकारी दिइएको छ । त्यस्तै प्लानकै सहयोगमा बी ग्रुप नेपालगन्जले बृहत यौनिकता शिक्षा तथा बालविवाह न्युनिकरण बारे हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।

    प्रतियोगितामा बी समूह पहिलो, ए समूह दोस्रो, सी समूह तेस्रो र डी समूह चौथो भए । भएका छन् । तालिमको समापन गर्दै प्रधानाध्यापक गंगा चौधरीले बालवालिकाहरुलाई जीवन उपयोगी शीपहरु सिकेको जनाइन । संघसंस्थाहरुले यसैगरी बिद्यालयलाई सहयोग गर्दै जाने बिश्वास व्यक्त गरिन ।

  • १४ चैत्र २०७७, शनिबार ०६:५१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार