दाउराका लागि भारतीय वनरक्षकलाई कर – Dastabej

दाउराका लागि भारतीय वनरक्षकलाई कर

भारतमा श्रमदान गर्छन सीमावर्ती नेपाली


  • दस्तावेज

  • नेपालगन्ज ।पश्चिम क्षेत्रका सीमावर्ती स्थानीयहरुले घाँस दाउरा गरे वापत भारती वन रक्षक अधिकारीलाई कर स्वरुप खाद्यन्न बुझाउने गरेका छन् । एउटा घरबाट बार्षिक २० किलो धान र चामल दिने गरेका हुन । सिजनमा धान बुझाएपछि घा“स दाउराका लागि बाटो खुल्छ । कतिपय स्थानीयहरु दाउरा गर्न जाने क्रममा एक÷दुई किलो चामल र तरकारी उपहार बोकेर जाने गरेका छन् । खाद्यन्न पाएपछि वनरक्षकले सहजै दाउरा गर्न दिन्छन् । तर रुख काट्न भने दिंदैनन् । सुकेका ढलेका काठ नेपालीले ल्याउने गरेका हुन । दाउरा पाउने लोभमा स्थानीयहरु भारतीय जंगलमा श्रमदान समेत गर्दै आएका छन् । वन क्षेत्रमा रहेका सडक पटान र सरसफाईका लागि श्रमदान गराईन्छ । गर्मी सिजनमा वनमा आगलागी हुनसक्ने भन्दै सुकेका पाटहरु हटाउन सीमावर्ती नेपालीलाई श्रमदान गराईन्छ । नेपाल तर्फको वन फडानी भइसकेको छ तर भारतले भने संरक्षण गरेको छ । भारतले संरक्षण गरेको वनमै नेपालीहरु घरपलुवा चौपाया चौराउन लैजान्छन् । खान पकाउने इन्धनका लागि दाउरा लिन पारीकै वनमा जानु पर्ने बाध्यता छ । ‘वर्षमा धेरै दिनु पर्दैन । एउटा घरबाट चार नम्बर धान दिए पुग्छ । कहिलेकसो चामल दिने गरेका छौँ,’ भारतीय सीमावर्ती मधुवन गाउ“पालिकाका बालकृष्ण चौधरी भन्छन्,‘एक पल्ट धान चामलको कर (तिहाईं) बुझाएपछि एक वर्षलाई दाउराको ढुक्क भईहल्छ ।’ धान चामल दिए वापत रसिद दिेने गरिएको छैन । अर्को देशको नागरिकबाट कर लिन नमिल्ने भएका कारण मौखिक सहमतिमै खाद्यन्न लिने गरिएको हो ।विवाह, ब्रतबन्धलगायतका ठूला कार्यक्रमका लागि बढी दाउरा प्रयोग हुने भएकाले त्यस्तो बेला स्थानीयले चामल र तरकारी भारतीय वन रक्षकलाई दिन्छन् । वनरक्षकले आवश्यकता अनुसारको दाउरा ल्याउन सहजै दिन्छन् । ,खाद्यन्नको कर बुझाउनु परेपनि दाउराका लागि निकै सहज भएको स्थानीयहरु बताउछन ्। सीमावर्ती कोठिया, बिपतपुर, धनौरा, भगरैया, खाता लगायतका दर्जनौ गाउँ दाउराका लागि भारतीय वनमा निर्भर छन् । स्थानीय दुर्गा चौधरीले भारतीय वन रक्षकहरुले दाउराका लागि सहयोग गर्दै आएको बताए । उनले वर्षमा नया“ बनरक्षकहरु फेरिने गरेको बताए । ‘यो त उहिलेदेखि चलेको चलन हो । खाद्यन्न दिने चलन त परम्पराजस्तै बनिसक्यो,’ उनले भने,‘तीन ÷चार नम्बर धान दिएर के नै हुन्छ र ? दाउरा त मजाले लिन पाईन्छ नि ।’
    भारत सीमासंग जोडिएको मधुवन नगरपालिका वडा न. ३ का वडा अध्यक्ष नारायण मल्लले घा“सदाउराका लागि स्थानीयहरु औपचारिकरुपमै खाद्यन्नको कर दिएको जानकारी नभएको बताए । तर दाउराका लागि भने श्रमदान गर्न जाने गरेको स्वीकारे । ‘वन क्षेत्रभित्र अग्नी रेखा बनाउन, सडक मर्मत लगायतका कामका लागि स्थानीयलाई श्रमदान लागि लगिएको थाह छ,’ उनले भने,‘यहाँका सर्वसाधारणहरु भारतकै वनको निर्भरमा छन् ।’
    पुर्बी सीमा मानखोलादेखि पश्चिम राजापुर कर्णालीसम्मको ८३ दशमलव ८ किलो मिटर सीमा छेउका अधिकांश भागमा घनघोर वन छ । तर नेपाल तर्फ भने गाउ“गाउ“ छ । भारतीय वन कार्यालयले वन सुरक्षाका लागि ठाउँठाउँमा खाल्डो खनेको छ । उसले कतर्नीया सेन्चुरीको संरक्षणका लागि सीमाको वन जोगाएको हो । तीनतीन किलो मिटर दुरीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) तैनाथ गरिएका छन् । ठाउँठाउँमा वन सुरक्षा पोष्ट राखिएको छ ।

  • १५ चैत्र २०७७, आईतवार १२:१२ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ