गाउँ शहरमा रंगको बर्षा – Dastabej

गाउँ शहरमा रंगको बर्षा


  • दस्तावेज

  • बाँके— कोरोनाका कहरबीच धार्मिक सदभावको नमुना शहर नेपालगन्ज दिनभर रंगीन बन्यो । टोलटोलमा रंग र अबिरको बर्षा गरेर स्थानीय रमाए । कतै खेल प्रतियोगिता गरिएका छन् भने कतै सामूहिक नाचमा युवाहरु झुमेका छन् । फरक धर्म र समुदायबीचको होलीले भाईचाराको सम्बन्धलाई अझ कसिलो पार्न सहयोग गरेको छ । नेपालगन्जको टोलटोल र सडकमा होली खेल्नेको भीड लाग्यो । गाउँमा पनि होलिको रौनक उस्तै छ । रंगको पर्व होलीलाई सदभाव र मिलनको पर्व मानिन्छ । ‘वर्षदिनको पर्वलाई उल्लासका साथ मनाउन पाउँदा खुसी लागेको छ । पर्वले सबै समुदायलाई एकै ठाउँमा भेटघाट गराउँछ । होलीमा रंग खेलेर रमाईलोमात्रै होईन, माया प्रेमसाटेका छौँ,’ नेपालगन्जका टेकेन्द्र बुढाथोकीले भने,‘सबै समुदायका साथीभाई रंग खेलेर रमाईलो गरेका छौँ ।’
    नेपालगन्जका टोलटोलमा युवाहरु समूह बनाएर नाचेका देखिन्थे । खजुराखुर्दका युवाहरु कबड्डी प्रतियोगिता गरेका छन् । लोप हुँँदै गइरहेको खेललाई प्रबर्धन गर्न र साथीभाईको सम्बन्ध कसिलो बनाउन कबड्डी खेलेको रामकुमार बर्माले बताए । उनीहरुले हिलोमा ‘मेटका’ फुटाउने प्रतिस्पर्धा गरेका थिए । ‘होलीको निकै उत्साह छ । सबै मिलेर पर्वलाई सदभावका रुपमा मनाएका छौँ,’ उनले भने,‘गाउ“ पनि रंगका रंगीएको छ । घरघरमा गएर अबीर र रंग लगाएर रमाई रहेका छौ“ ।’ पहाडभन्दा एक दिनपछि होली मनाइने चलन रहेको पश्चिम तराईमा पहिले देखिनै चहलपहल सुरु हुन्छ । तराईका गाउ“गाउ“मा मंगलबार राति होली दहन गरिएका छन् । त्यसलगत्तै रंगको बर्षा सुरु हुन्छ । मधेसी समुदायले संस्कृति झल्किने गरी होलीमा रमेका छन् । उनीहरुलाई अन्य समुदायले पनि साथ दिए । होलीको रंगले सबैलाई भिजाएको छ । पश्चिम तराइका थारु समुदायले मंगलबार नै होलीका लागि जीता (मासु ) का लागि सुंगुर, बंगुर मारेका छन् । होली दहनपछि फागु गीत गाउ“मा गुन्जिएका छन् । होलीकाको प्रतिकको रुपमा पराल दहन गरिन्छ । । एकठाउ“मा जम्मा गरिएको पराल र खरको ठुलो थुप्रोमा आगो लगाएर होली दहन गरिएको हो । परालको बीचमा गाडिएका का“चो रुखलाई ‘प्रहलादको रुप’ भएको भन्दै युवाहरुले आगोबाट बचाउने प्रयास गर्ने परम्परा रहेको छ । ‘बलिरहेको आगोको छल्दै ‘प्रहलादको रुप’ मानिने रुखलाई निकाल्न युवाहरुबिच प्रतिस्पर्धा हुन्छ,’ स्थानीय रामलौटन चौधरी भन्छन् ।
    होली पूर्णरुपमा जलेपछि त्यहाँ उपस्थित गाउँभरिका सर्वसाधारणले एकअर्कालाई खरानी दलेर शुभकामना आदानप्रदान गर्ने चलन छ । होलीको खरानी शरिरमा लगाए छाला सम्बन्धि रोग ठिक हुने जनविश्वास छ । ‘त्यसैले होलीको खरानी सबैले आफ्ना परिवारका सदस्यका लागि पनि लैजाने गर्छन्,’ चौधरीले भने ।

  • १६ चैत्र २०७७, सोमबार १५:४१ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन