नेपालगन्ज । समान्य अवस्थामा निकै व्यस्त नेपाल—भारत सीमा जमुनाहा नाकाबाट दैनिकजसो १५ हजार सर्वसाधारणहरु ओहोरदोहोर गर्छन । भारतमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिएपछि घर फर्किने नेपालीहरुको चा“प बढेको छ । जसका कारण नाका अझै व्यस्त छ । जिल्ला विवाद व्यवस्थापन समितिले भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । सीमामा हेल्प डेस्क राखिएको छ । कोरोना भाइरसको संक्रमण भएको शंका लागे ल्याब टेस्ट गर्ने भनिएको छ । तर भारतबाट फर्किने नेपालीहरुको संख्या बढेसंगै स्वास्थ्य परीक्षणमा समस्या देखिएको छ । सीमामा स्वास्थ्य परीक्षणका लागि सरकारले एक जना ल्याब र पा“च जना स्वास्थ्यकर्मी पठाएको छ । हेल्प डेस्कलाई सघाउन नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले दुई स्वास्थ्यकर्मी परिचालन गरेको छ । भारतमा कोरोनाको संक्रमण देखिएपछि नाकामा कडाई गरे पनि दैनिक एक हजार बढी नेपालीहरु घर फर्किरहेका छन् । आकस्मिक काम भन्दै पा“च सय नेपालीहरु भारत पसिरहेका छन् । ठूलो संख्यामा नेपालीहरु घर फर्किरहेका कारण हेल्प डेस्कमा सबैको स्वास्थ्य परीक्षण सम्भव नभएको हो । त्यसैले भारतमा कोरोना संक्रमण देखिएको स्थानबाट फर्किनेहरुको मात्रै स्वास्थ्य परीक्षण गरेर घर पठाउने गरिएको छ । जसका कारण कोरोना संक्रमितहरु नेपाल भित्रिने खतरा बढेको छ । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले हेल्प डेस्कमा ल्याबसहित स्वास्थ्यकर्मी तैनाथ गरिए पनि जनशक्ति अभाव भएको बताउ“छन् । ‘यो जनशक्तिले भारतबाट फर्किने सबैको स्वास्थ्य परीक्षण सम्भव छैन । त्यसैले शंकास्पदहरुको स्वास्थ्य परीक्षण गर्ने र ज्वरोलगायतका लक्षण देखिएकाहरुको ल्याब परीक्षणको काम भइरहेको छ,’ उनले भने,‘सत प्रतिशतको स्वास्थ्य परीक्षणका लागि ठूलो जनशक्ति आवश्यक पर्छ ।’
नेपाल भारत आउजाउ गर्नेहरुको नाम सुचिकरण गर्ने काम सीमास्थित प्रहरीलाई जिम्मा दिइएको छ । तर आउजाउ गर्ने सबैको विवरण लिन पनि समस्या देखिएको छ । लाईन लगाएर पालैपालो नाम लेखाउ“दा सास्ती खेप्नु परेको सर्वसाधारणहरुको गुनासो छ । सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णु गिरीले निकै तनावका बीचमा काम गर्नु परेको बताउ“छन् । उनका अनुसार दैनिक एक हजार नेपाली घर फर्किरहेको र करिव ५ सय नेपालीहरु भारत पसिरहेका छन् । ‘दुई दिनअघि नाका खुकुलो थियो । तर बिहिबारबाट नाका कडाई गर्ने प्रयासमा लागेका छौ“,’ उनले भने,‘अझै पनि सीमामा भिडभाड छ । तर प्रशासनले अतिआवश्यक काम बाहेक भारत जाना नदिन निर्देशन गरेको छ । तर सर्वसाधारणहरु भारत जानका लागि विवाद गर्न खोज्छन् ।’ भारतबाट कोरोना भाइरसको महामारी भित्रिन सक्ने भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा नाकाबाट आउने सर्वसाधारणहरुको आउजाउलाई व्यवीसथत गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको जनशक्ति खटाउने निर्णय गरेको छ । त्यस्तै भारतबाट आउनेहरुको अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गर्ने, लक्षण देखिएकाको एनटीजिन परीक्षण गर्ने र १० दिन स्वास्थ्य मापदण्ड पूरा गरी होम क्वारेन्टाईनमा बस्ने गरीपठाउने निर्णय भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतमा बसेको बैठकले गम्भीर प्रकृतिका विरामी देखिए उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा पठाउने निर्णय गरिएको छ । कोरोनाको संक्रमणको अवस्था हेरेर बन्द भएका क्वारेन्टाईनहरुलाई पुन सन्चालनमा ल्याउने तयारी भइरहेको छ । स्वास्थ्य उपचारका बाहेक भारतीय बजारमा किनमेलका लागि आउजाउ गर्न बन्द गर्ने जनाइएको छ ।