थारु संगठन र सरकारी वार्ता टोलीबीचको वार्ता सकारात्मक - Dastabej

थारु संगठन र सरकारी वार्ता टोलीबीचको वार्ता सकारात्मक


  • दस्तावेज

  • काठमाडौँ— एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको टिकापुर घटनाका मुख्य अभियुक्त भनिएका संघीय सांसद रेशम चौधरी बिरुद्धको मुद्दा फिर्तालगायतका माग राखी आन्दोलनरत विभिन्न थारु संगठन र सरकारबीच मंगलबार पहिलो चरणको वार्ता भएको छ । विभिन्न माग राख्दै थारु संगठनले काठमाढडौको मन्डेला दैनिक प्रर्दशन आएको थियो । सरकारले माग बारे सकारात्मक रहेको भन्दै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बार्ता टोली बनाएको थियो र गठित सरकारी वार्ता टोली र थरुहट संगठनबीच भएको वार्ता सकारात्मक रहेको बताएको छ ।
    टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने हितका १९ बुँदे माग थरुहट पक्षको छ । थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सदस्य रहेका छन् ।

  • १७ चैत्र २०७७, मंगलवार १५:५४ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार