फेरि कोरोनाको हटस्र्पोट बन्दै बाँके - Dastabej

फेरि कोरोनाको हटस्र्पोट बन्दै बाँके

एकै दिन १८ जनामा कोरोना संक्रमण


  • दस्तावेज

  • नेपालगन्ज । कोरोनाको महामारी नियन्त्रणका लागि नमुना बनेको बाँके फेरि कोरोनाको हटस्र्पाेट बन्न थालेको छ । भारतीय सीमासंग जोडिएको नेपालगन्जमा दैनिक कोरोना संक्रमित भेटिन थालेका छन् । पछिल्लो पल्ट भेरी अस्पतालमा गरिएको परीक्षणमा १८ जना कोरोना संक्रमित देखिएका छन् । कोेरोनाको शंका गरी ४५ जनाको पीसीआर परीक्षणा गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का अनुरा बाँकेका १३ जना, बर्दिया, जाजरकोट, कैलाली, ललितपुर र सुर्खेतका १–१ जना छन । बाँकेमा आलसम्म ४७३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ४६४९ जनाले कोरोना जितेका छन् । भारतमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण फैलिएपछि घर फर्किने नेपालीहरुको चाँप बढेसंगै कोरोनाको महामारी फैलिनसक्ने खतरा बढेको छ । जिल्ला विवाद व्यवस्थापन समितिले भारतबाट फर्किनेहरुको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । सीमामा हेल्प डेस्क राखिएको छ । कोरोना भाइरसको संक्रमण भएको शंका लागे ल्याब टेस्ट गर्ने भनिएको छ । तर भारतबाट फर्किने नेपालीहरुको संख्या बढेसंगै स्वास्थ्य परीक्षणमा समस्या देखिएको छ । सीमामा स्वास्थ्य परीक्षणका लागि सरकारले एक जना ल्याब र पा“च जना स्वास्थ्यकर्मी पठाएको छ । हेल्प डेस्कलाई सघाउन नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले दुई स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
    मुलुकमै पहिलो पल्ट कोरोनाको संक्रमण देखिएको बाँकेमा केही दिनअघिसम्म नियन्त्रणमा थियो । कोरोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले तीन÷तीन पल्ट निषेधाज्ञा र लकडाउन जारी ग¥यो । जोडबिजोड नम्बरको सवारी साधन चल्न दियो । तर हाल बाँके पूर्णरुपमा खुला भइसकेको छ । भिडभाड बढेको छ । सार्वजनिक सवारी साधन र बजारमा उस्तै भिड बढेको छ । मास्क नलगाउने अटेरी गर्ने पनि उस्तै छ । बाँकेमा पहिलो पल्ट नेपालगन्ज उपमहानगरपालिका ८ जोलहनपुर्वाका एक जनामा बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सुरुमा बाँकेको नरैनापुर गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिका ८ जोलहनपुर्वामा देखिएको कोरोनाको संक्रमण नियन्त्रणमा आएको थियो । नेपालगन्जको एक जनामा संक्रमण देखिएपछि टे«सिङमा परेका सबैको पीसीआर गरिएको थियो । संक्रमित बस्ने व्यक्तिको टोल नै शील गरी पीसीआर जाँच गरिएको थियो । नरैनापुर गाउँपालिकालाई शील गरेर पीसीआर परीक्षण गरी ९६ जनालाई आइसोलेशनमा राखिएका कारण कोरोना संक्रमण नियन्त्रणमा आएको थियो ।

  • १८ चैत्र २०७७, बुधबार १३:४३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार