यसरी गणना गरिन्छ गैंडा - Dastabej

यसरी गणना गरिन्छ गैंडा

बर्दिया निकुन्जमा ३७ गैंडा फेला परेका थिए ।


  • दस्तावेज

  • नेपालगन्ज । दुईदुई वर्षमा गैंडा गणना गरिन्छ । तर गणना कसरी गरिन्छ ? कुनकुन प्रविधिको प्रयोग हुन्छ ? यसबारे धेरै अनविज्ञ हुनसक्छन् । दस्ताबेज डटकमले गैंडा गणना गर्ने बिज्ञसंग कुराकानी गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख डा. रविन कडरियाले गैडा गणना बिधिबारे यसो भन्छन् । सुरुमा गैडा गणनाका लागि कलस्टर बनाईन्छ । बर्दिया राष्ट्रिय निकुन्जमा ५ वटा कल्स्टर बनाइएको छ ।
    १) डल्ला खाता जैबिक मार्ग
    २) डल्लाबाट हात्तिसार
    ३) हात्तिसारबाटगैडा मचान
    ४) गैडा मचानबाट लगुना मचान
    ५) लालमटीया र मध्यवर्ती क्षेत्र
    हरेक दिन एक कलस्टरमा गणना गरिन्छ । त्यसका लागि प्रत्येक दिन १० वटा हात्ती प्रयोग गरिन्छ । १० जना गणक र १० जना र सहायक गणना १० जना परिचालित हुन्छन् । प्रत्यक्षरुपमा हेरेर गणना गरिन्छ । हात्तीबाटै गैडा गणना गर्दा पछाडि भाग्नेको मात्रै गणना गरिन्छ । अगाडि भागेको गैंडा गणना गरिदैन । प्राविधिकहरुले जीपीएस बोक्छन् । क्यामरा र बाईनोकुलरको सहयोग लिईन्छ । टाढाबाट हेर्नका लागि दुरबीनको प्रयोग गरिन्छ । सन २०१५ मा बर्दिया निकुन्जमा २९ गैडा भेटिएका थिए । २०१७÷१८ मा ८ वटा गैंडा बबई भ्यालीमा छाडिएको थियो । बर्दिया निकुन्जमा ३७ गैंडा फेला परेका थिए ।

  • १९ चैत्र २०७७, बिहीबार १४:५१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता