नेपालगन्जीयाले किन खाँदैनन् हात्तीपाईलेबिरुद्धको औषधि ? – Dastabej

नेपालगन्जीयाले किन खाँदैनन् हात्तीपाईलेबिरुद्धको औषधि ?

बाँकेमा हात्तिपाईलेबिरुद्वको अभियान सुरु


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेमा हात्तीपाईले रोगबिरुद्वको औषधि खुवाउने अभियान सुरु भएको छ । यसरी सन्चालन गरिएको अभियान १० पल्ट हो । तर निकै कम नेपालगन्जीयाहरुले उक्त औषधि खाने गरेका छन् । खानेले हरेक वर्ष खाने तर ठूलो जनसंख्यामा औषधि प्रयोग नगर्दा अभियान असफल बन्दै गएको छ । बाँकेको विकट मानिने नरैनापुरमा भने अधिकांशले औषधि खाने गरेका छन् । तर शिक्षित पढेलेखेका शहरीयाहरु भने औषधि खाने गरेका छैनन् ।
    नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा कम औषधि प्रयोग गरेको पाइएको छ । गत वर्षको अभियानमा ५४ प्रतिशतले औषधि प्रयोग गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै कोहलपुर नगरपालिकाको रझेनामा पनि निकै कमले औषधि प्रयोग गर्दै आएका छन् । हात्तिपाईले रोगबिरुद्वको औषधिले स्वास्थ्यमा प्रतिकुल असर पार्ने भ्रमका कारण नगरबासीहरु औषधि प्रयोग गर्न नमानेका हुन । तर उक्त औषधि संसारभरि प्रयोगमा आइसकेको चिकित्सकहरु बताउँछन् ।
    यस वर्ष स्थानीय सरकारले अभियानको जिम्मेवारी पाएका छन् । उनीहरुले घरघरमै पुगेर हात्तिपाईले रोगबिरुद्धको औषधि सेवन गर्न लगाउने जनाएका छन् । अभियान असफल हुदै आएको नेपालगन्ज उपमहानगरपालिकामा बिशेष जोड दिइएको छ । धार्मिक गुरुहरु, स्थानीय प्रशासन, सुरक्षा अधिकारी, चिकित्सक र अगुवाहरु अभियानमा जोडिएका छन् । पहिलो दिन बुथमा बोलाएर औषधि प्रयोग गर्न लगाइएको छ । बुथमा आउन नसक्ने सर्वसाधरणहरुलाई स्वास्थ्य स्वयंमसेवकहरुले घरमै पुगेर औषधि दिने छन् ।
    नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य संयोजक रामबहादुर चन्दले नगरका हरेक वडाहरुमा औषधि खुवाउन बुथ राखिएको बताए । त्यसको जिम्मेवारी स्वास्थ्यकर्मीसंगै वडा अध्यक्ष र सदस्यहरुलाई दिइएको छ । ‘वडाहरुमा औषधि खुवाउने क्रम जारी छ । त्यहाँ आउन नसक्नेलाई घरमै पुगेर खुवाउने कार्यक्रम छ,’ उनले भने,‘यो वर्ष गतभन्दा बढीले औषधि सेवन गर्ने बिश्वास लिएका छौं ।’
    जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले हात्तीपाईले विरुद्धको औषधी सेवन गर्न र गराउन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । उनले आफ्ना वडा, टोल र गाउँमा हात्तीपाईले विरुद्धको औषधी सेवन गराउन सबै जनप्रतिनिधि लाग्न निर्देशन दिएका हुन । स्वास्थ्य शाखा संयोजक गिरबहादुर गुरुङ र सह संयोजक दलबहादुर रानाले घरदैलोमा पुगेर स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानीमा औषधी खुवाउने तयारी गरेको जनाए । गाउँपालिकाका ६ वडामा महिला स्वास्थ्य स्वयंमसेविकासहित १ सय ४५ जना स्वास्थ्यकर्मी खटिएका छन् ।
    बा“केमा औषधि एउटाले प्रयोग गर्ने तर अर्कोले प्रयोग नगर्दा बाँकेका सर्वसाधारणहरु संक्रमणको उच्च जोखिममा छन् । लामखुट्टेबाट सार्ने हात्तिपाईले रोग नियन्त्रणका लागि शत प्रतिशतले औषधि प्रयोग गर्नु पर्छ । जिल्लामा ०६७ देखि अभियान सुरु गरिएको हो । तर हालसम्म सफल हुन सकेको छैन । हात्तिपाईलेको जिवाणु भएका व्यक्तिले त्यसबिरुद्वको औषधि प्रयोग गरे रिंगता, वाकवाकी लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, गुप्ताङ सुनिने लगायतका समस्या देखिने गर्छ ।

  • २० चैत्र २०७७, शुक्रबार १२:४४ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. काँखमा रहेकी ३ वर्षकी छोरीसहित हात्तीले पछारेपछि आमाछोरीको मृत्यु