गाउँ हुँदै बन्यजन्तु ओहोरदोहोर - Dastabej

गाउँ हुँदै बन्यजन्तु ओहोरदोहोर

रोकिएन बाघ आतंक


  • दस्तावेज

  • नेपालगन्ज । होसियार । बन्यजन्तु ओहोरदोहोर गर्ने स्थान । कृपया ४० किमि प्रतिघण्टा भन्दा कम गतिमा सवारीसाधन चलाउनु होला । वन डिभिजन कार्यालय बर्दियाले सर्वसाधारणको जानकारीका लागि राखिएको सूचना बोर्ड वन क्षेत्रको होईन । गुलरिया नगरपालिका काटेपछि सुरु हुने मधुवन नगरपालिकादेखि कर्णाली कोठियाघाट पुलसम्मको हुलाकी राजमार्ग छेउछाउका गाउँहरुमा बन्यजन्तुहरु ओहोरदोहोर गर्ने स्थान भन्दै बोर्ड राखिएको छ । उक्त राजमार्ग भएर आउजाउ गर्नेहरुलाई बन्यजन्तुबाट जोगिनका लागि सूचना दिइएको हो । गाउँबस्ती भएर बन्यजन्तु आउजाउ गरेपछि सुरक्षा संबेदनशिलता बढेको हो । हुलाकी राममार्ग बन्नुअघि कच्ची सडक थियो । हाल राजमार्ग कालोपत्रे भइसकेको छ । उक्त क्षेत्रलाई खाता करिडोरका रुपमा चिनिन्छ । उक्त करिडोरले बर्दिया राष्ट्रिय निकुन्ज र भारतको कर्तनीया सेन्चुरी संरक्षित क्षेत्रलाई जोडेको छ । त्यसैले खाता सरक्षित क्षेत्र भएर बन्यजन्तु ओहोरदोहोर बढी भएको हो । ‘क्यामरा जडान गरेर अध्ययन गर्दा खाता क्षेत्रमा बन्यजन्तुको आउजाउ निकै बढी देखियो । तर गाउँ पनि त्यही छन् । गाउँसंगै जोडिएर संरक्षित वन पनि छन्,’ डिभिजन वन कार्यालय बर्दियाका अधिकारी भन्छन््,‘त्यसैले बन्यजन्तु ओहोरदोहोर गर्ने स्थानमा सूचनाका लागि बोर्डहरु राखेका छौँ । यसले सुरक्षा संबेदनशिलतासंगसंगै सुरक्षाका लागि सचेत गराउन सहयोग पुगुको छ ।’
    मधुवन नगरपालिकाको ढोढरी चोकहुँदै ओरली बजारसम्मको वन क्षेत्र हुँदै हुलाकी राजमार्ग बनेको छ । आसपासमा गाउँबस्ती छन् । त्यहाँ पनि बन्यजन्तु ओहोरदोहोर गर्ने स्थान भनिएको छ । ओरालबजारदेखि पश्चिमको खाता क्षेत्रलाई अझ संबेदनशिल मानिएको छ । खाता गाउ“बाट कोठियाघाट पुलसम्मको करिव ५ सय मिटर दुरीसम्म वन क्षेत्र छ । त्यहाँ कालोपत्रे भइसकेको छ । कोठियाघाट पुल छेउमै वनभित्रै अर्को बस्ती छ । वन्यजन्तुको सुरक्षाका लागि त्यस क्षेत्रको हुलाकी राजमार्गमा १० स्थानमा बेर्कर राखिएको छ । यसले दोहोरो फाईदा गरेको छ । सवारीसाधनको गति कम भयो भने दुर्घटना हुने सम्भावना कम रहन्छ । त्यसैले सूचना बोर्डसंगै सुरक्षाका लागि राजमार्गमा बेर्कर राखिएको हो ।
    स्थानीयका अनुसार त्यस क्षेत्रबाट पाटे बाघ, चितुवा, हात्ती र गैंडा लगायका बन्यजन्तुहरु ओहोरदोहोर गर्दै आएका छन् । कुनैबेला दिनदहादै बन्यजन्तु आउजाउ गरेको देख्न सकिन्छ । तर सबैभन्दा बढी दुःख जंगली हात्तीले दिने गरेको छ । हात्ती रोक्नका लागि खाता क्षेत्रमा सिमिन्टको पर्खाल लगाइएको छ । बर्दिया राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा बस्ती भएकाले सुरक्षा संबेदनशिलता रहेको बताए । उनले बन्यजन्तुले अन्नबालीमा नोक्सानी पुर्याएका कारण मानव बन्यजन्तु द्धन्द्ध भएको जनाए । ‘खाता कोरिडोरले बर्दिया राष्ट्रिय निकुन्ज र भारतको निकुन्जलाई जोड्ने भएकाले बन्यजन्तु हिडडुल गर्ने भए । जसका कारण बस्ती छेउमा सुरक्षा खतरा हुन्छ । बन्यजन्तु ओहोरदोहोर हुने क्षेत्रमा बस्ती बस्ने, वन अतिक्रमण हुने गरेका कारण समस्या बल्झिदै गएको हो । केही बस्तीका कारण खाता केरिडोर टुक्रिएएर संघुरो हुँदै गएको छ । यसले संरक्षणमा चुनौती थपिएको हो । चालु आर्थिक वर्षमा बर्दिया निकुन्ज र खाता जैविक मार्ग क्षेत्रमा पाटे बाघको आक्रमणमा ८ जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् ।

  • २० चैत्र २०७७, शुक्रबार १३:१२ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा