बाँके । बाग्लुङ जिल्लामा जन्मिएका हरिदत्त पन्त पहिले शिक्षक थिए । शिक्षकबाट अवकास पाएपछि बाँकेको खजुरामा नर्सरी फार्म गरेर कृषि कर्ममा जमेका छन् । उनको कर्म थलो बाँके बनेको छ । सानो उमेरदेखि नै कृषि पेशा गर्ने सोच बोकेका पन्त बुवा लाई कृषिकर्ममा सघौउदै आएको अनुभव हाल काम लागेको छ । रत्नदत्त पन्त र आमा सुमित्रा पन्तको कोखबाट ४ भाइहरु मध्ये सबैभन्दा जेठो छोराको रुपमा उनी २०२३ सालमा जन्मिएका हुन । २०५४ सालमा बिएडसम्मको शिक्षा लिएका छन्। जागिर को शिलशिलामा मुगु जिल्ला स्थित बालशिक्षा माध्यामिक बिद्यालयमा २०४५ सालमा प्राथमिक तह अन्तर्गत १६ बर्ष , २०६० सालदेखि निरन्तर १६ बर्ष सम्म अध्यापन गरे । ३२ बर्षसम्म अध्यापन गरे । २०७६ सालमा शिक्षण पेशाबाट सेवा निबृत पाएपछि पन्त हाल बुवाको सपना पुरा गर्नुका साथै बागेश्वरी फलफुल बिकास तथा नर्सरी फार्ममा रमाइरहेका छन् । नर्सरी फार्ममा उन्नत जातका आँप , लिची, कटहर, लगायतका १२ प्रकारका छन् । भोटे घाँस , डाले घाँस , बडहर, बकाईनो लगायत ५ प्रकारका , सिजनल फुल र बहुबर्षिय गरि ३० प्रकारका , बेमौसमी तरकारी तथा हिउँदे तरकारीहरुको बिरुवा बिक्री गरिरहेका छन् । खर्च कटौती गरि बार्षिक ४ लाख सम्म नाफा भैरहेको उनले बताए । आलु, काउली, बन्दा, लसुन लगायतका मौसम अनुसारका तरकारी पनि फलाउदै आएको उनले जनाए । उक्त नर्सरी फार्ममा प्रत्यक्षरुपमा २ जना र ज्यालादारीमा २ जना महिला र पुरुष गरि ४ जनाले रोजगारी समेत पाएका छन् ।
२०४२ सालदेखि कृषि पेसा गर्दै आएता पनि उनले २०७४ सालमा त्यसलाई ब्यवस्थित तरिकाले नर्सरी फार्मको नामले दर्ता गराए । जागिर गर्ने क्रममा लेख ,रचना , विभिन्न पत्रपत्रिकामा लेखे । उनले २०४७ सालतिर मध्यपश्चिमांचल बिकास क्षेत्रबाट निबन्ध प्रतियोगितामा प्रथम पुरुस्कार प्राप्त गरे । २०५७ सालतिर प्रहरी द्विमासिक पत्रिकामार्फत अपराध अनुसन्धानमुलक लेखहरु प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालय द्वारा सम्मानित समेत भए । सेवा निबृत्तको अबधि रहेता पनि उनले सरकारबाट पाउने सेवासुबिधालाइ त्यागेर आफ्नो नर्सरी फार्म तथा कृषिकर्म गर्नमा नै खुसी भएको पन्तले जानकारी दिए । उनले बिगतमा आफुले जस्तो जागीरका लागि भोग्नु परेका पिडाहरु अन्य शिक्षित युवायुवतीहरुलाई नहोस् साथै गर्न सकेमा कृषि पेशाबाट पनि लाभ लिन सकिने सुझाए । जुनसुकै क्षेत्रमा काम गरेता पनि ईमानदारिता , लगनशीलता ,अनुशाशितका साथै मेहनतका साथ गरिएमा जिवनमा सफलता प्राप्त गर्न सकिन्छ । शिक्षण पेशामा प्रबेश गर्दा विभिन्न किसिमका अप्ठ्यारो महसुस भएता पनि वरिष्ठ शिक्षकको एउटा छुट्टै किसिम को पहिचान बनाए । कृषि पेशाबाट पनि बिशिष्ठ कृषकको क्रेज बनाउने पन्तको दाबी छ । सो नर्सरीमा उत्पादन गरिएका बेर्नाहरु बाँके , बर्दिया , कैलाली ,धनगढी , कपिलवस्तु , दाङ ,दैलेख , सुर्खेत , चितवन र काठमाडौं सम्म पठाउने गरेका छन् । अहिले निजि ६ कठ्ठा जग्गामा रहेको नर्सरी फार्मलाई अन्यत्र जग्गा भाडामा लिएर बिस्तार गर्ने लक्ष्य पन्तको रहेको छ । कृषक परिवारमा जन्मिएका पन्त कृषि क्षेत्रलाई निरन्तररुपमा अगाडि बढाउने र आफुलाइ आदर्श कृषकको रुपमा तथा प्रेरणाको स्रोत बन्ने सपना बोकेका छन्। १० लाख लगानीमा संचालित नर्सरी लाई ब्यवस्थापन गर्दै केही बर्ष पछि खर्च कटौती गरि बार्षिक १० लाख नाफा कमाउने समेत लक्ष्य उनको छ ।