आजाद भिसाको भ्रम - Dastabej

आजाद भिसाको भ्रम

बैदेशिक रोजगारीमा ठगी


  • दस्तावेज

  • नेपालगन्ज— खुट्टामा टुटेको चप्पल तर हातमा पर्यटन भिसा बोकेर बैदेशिक रोजगारीमा जानेहरु नेपालगन्ज सीमामा रोकिएको घटना थुप्रै छन् । भारतमा भिसा बनाएर बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा पठाइएका उदहारण पनि छन् । पछिल्लो पल्ट भने मानव तस्करहरुले आजाद भिसाको प्रलोभनमा पारेर ठगी गर्ने प्रयास भइरहेको खुलेको छ । आजाद भिसा लिएर जाने जोकोहीले खाडी मुलुकको कुनै पनि कम्पनीमा बिना रोकटोक काम गर्न पाउने प्रलोभन दिन थालिएको छ । मानव बेचबिखनकाबिरुद्वमा काम गर्ने अधिकारकर्मीहरुका अनुसार मानव तस्करहरुले बिदेश जान चाहने सर्वसाधारणहरुलाई ठगी गर्न आजाद भिसाको भ्रममा फसाउन खोजिएको बताए । ‘पर्यटन, स्टुडेन्ट लगायतका भिसा देखाइएर बिदेश लैजान खाजेर ठगी गरेका थुप्रै घटना हामीले देख्यौँ । तर हाल गाउँगाउँमा आजाद भिसाको भ्रम फैलाइएको छ,’ बैदेशिक रोजगारीका क्रममा ठगीमा परेका नेपालीहरुका लागि कानुनी सहयोग गर्दै आएको संस्था मानव अधिकारका लागि जनमन्च नेपालगन्जका अधिवक्ता सनत शर्मा भन्छन्,‘केही युवाहरु आजाद भिसा बारे हामीसंग चासो रारखेपछि त्यस बारे जानकारी पाएका हौँ ।’ उनका अनुसार उक्त भिसा लिन एजेन्टहरुले भारतकै बाटो भइर बिदेश जानु पर्ने शर्त तेर्साउने गरेका छन् । तर बैदेशिक रोजगारीका क्रममा बेचबिखनमा पर्न सक्ने भन्दै नेपाल सरकारले भारतको बाटो भएर बिदेश जान रोक लगाएको छ । जसका कारण दिल्ली बिमानस्थलबाट भारतीय सुरक्षाकर्मीहरुले नेपालीहरुलाई फिर्ता पठाउने गरेको छ ।
    आजाद भिसामा कुनै पनि कम्पनीको नाम खुलाइएको हुँदैन । त्यस बारे जिज्ञासा राख्द एजेन्टले कुनै पनि कम्पनीमा काम गर्न पाइने जवाफ फर्काउने गरेका छन् । ‘काम गर्न जाने कम्पनीको नाम उल्लेख नहुने भिसा नक्कली हुनसक्छ । त्यसैले सचेत हुन आवश्यक छ,’ अधिवक्ता शर्माले भने,‘आजाद भिसा बारे बेलैमा सर्वसाधारणहरुलाई सचेत गराउनु पर्छ ।’ त्यसो त बैदेशिक रोजगारीमा पठाउने कम्पनीहरुले बाँकेका गाउँगाउँमा एजेन्ट परिचालन गर्दै आएका छन् । एक जना विदेश जाने व्यक्ति खोजेवापत दशदेखि १५ हजारसम्म कमिशन स्थानीय एजेन्टलाई दिने गरिएको छ । जसका कारण बैदेशिक रोजगारीमा जाने सर्वसाधारणहरु स्थानीयबाटै ठगिने गरेका हुन । बैदेशिक रोजगारीमा भएको ठगीका घटनामा मुख्य व्यक्ति भने उम्किदै आएका छन् ।
    अर्का अधिवक्ता मोहम्मद आयुब सिद्दिकीले छिमेकी मुलुक भारतमा आजाद कामदारको परम्परा रहेको बताए । तर बैदेशिक रोजगारीका लागि भने उक्त भिसा नहुने गरेको जनाए । हुँदै नभएको भिसाको प्रलोभनमा परेर बिदेश जाने नेपालीहरु बेचबिखनमा पर्न सक्ने भन्दै सचेत रहन उनको आग्रह छ । मानव बेचबिखचबिरुद्वको क्षेत्रमा कृयाशिल माईती नेपाल नेपालगन्जका अनुसार एक वर्षमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे सात सय बढी नेपाली महिलाहरु सम्पर्कबिहिन भएका छन् । हराएका मध्ये ६७ महिलाको उद्दार गरिएको छ । ७ सय ६७ महिला अझै पनि हराई रहेका छन् । नेपालगन्ज नाका भएर भारत गएपछि हराएको भन्दै खोजिका लागि ८ सय ३४ उजुरी परेका थिए । सबैभन्दा बढी बा“केका महिलाहरु हराएका छन् । बाँकेका २ सय ८ महिला हराएको भन्दै उजुरी परेको थियो । ति मध्ये चार महिलाहरुको उद्दार गरिएको छ । उनीहरुलाई भारतको रेडलाईट क्षेत्रबाट उद्दार गरिएको जनाईको छ ।

  • २१ चैत्र २०७७, शनिबार १६:३४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा