फाईल फोटो ।
नेपालगन्ज । बाँकेको बिकट मानिने नरैनापुरमा गाउँपालिका ४ खोडवामा आगलागी हुँदा १२० सय बढी घर खरानी भएको छ । बाँकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले दिएको जानकारी अनुसार आगलागीका कारण स्थानीयहरु घरबिहिन भएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ घटनास्थल तर्फ जाना थालेको बताए । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । बाँके प्रहरी प्रमुख एसपी ओम रानाले आगलागीपछि स्थानीयको बिच्चली भएको बताए ।