लुगा सिउने सियोले ट्याटु – Dastabej

लुगा सिउने सियोले ट्याटु

कालो कर्खाले पनि सियो खोप्दा निस्केको रगतलाई छोप्न सक्दैन । तर कर्खाले रगत कम बगेजस्तो देखिन्छ


  • दस्तावेज

  • नेपालगन्ज । सोख न हो । जति पीडा भएपनि थारु महिलाहरु हाँत र खुट्टामा गोड्ना (ट्याटु) बनाएरै छाडे । त्यो बेला ट्याटु बनाउन सहज भने थिएन । कपडा सिल्ने सियोले खोप्नु प¥थ्यो । ट्याटु बनाउन एउटा होईन पाँचदेखि सात वटासम्म सियो एकसाथ खोप्नु पर्ने चलन थियो । अलि ठूलो ट्याटु बनाउन सात वटा सियोलाई एकसाथ धागोले बाँधेर टुप्पोले छालामा खोपिन्थ्यो । सानो ट्याटुका लागि पाँच वटा सुई प्रयोग गरिन्थ्यो । ‘हाँतखुट्टामा सियो रोप्दा कति रगत बग्योबग्यो । तर पीडाको प्रवाह नगरी गोडना छेडियो । एक सातासम्म सुनिएर काम गर्न सकिएन,’ बढैयाताल गाउँपालिका ५ की कलाबती चौधरीले दुई दशकअघिको ट्याटु अनुभव सुनाईन,‘सोखका कारण गोडना छेड्दा दुखेन । तर छेडिसकेपछि हातखुट्टा सुनिए ।’
    हाल भने ट्याटु बनाउन त्यतिसाह्रो पीडा खेप्न पर्दैन । ट्याटु खोप्न आधुनिक प्रविधि आईसके । ट्याटुको कलरका लागि आधुकि रंग भित्रिसके । तर कलाबतीको पालामा भने ट्याटुका लागि आफै रंग बनाउनु प¥थ्यो । त्यसका लागि तोरीको तेलको दियो बालिन्थ्यो । दियोको धुँवाबाट निस्किएको खरानी (कर्खा) लाई तोरीको तेलमा फिटेर गजलजस्तै बनाईन्छ । त्यही तेलमा पिटेको खरानीमा सियो चोप्दै छालामा खोपिन्छ । ‘कालो कर्खाले पनि सियो खोप्दा निस्केको रगतलाई छोप्न सक्दैन । तर कर्खाले रगत कम बगेजस्तो देखिन्छ,’ कलावतीले भनिन्,‘पीडा भएपनि पुर्खादेखि चल्दै आएको परम्परा जोगाउन गोड्ना छेडेको हो ।’ पाका थारु महिलाले शरीरमा घोडा, मयुर, मृग, हात्ती लगायतका बन्यजन्तु तथा घरपालुवा चौपायाको गोड्ना बनाएको देखिन्छ । त्यस्तै विभिन्न आकृतिका फूलहरुले पनि महिलाको शरीरमा स्थान पाएका छन् । खान पकाउने परम्परागत माटोको चुलो, खान पकाउने भा“डो बटुला, पानी पीउने लोटालगायतका भा“डावर्तनले पनि ट्याटुको अकार पाएका छन् । थारु समुदाय प्रकृतिप्रेमी भएका कारणले बन्यजन्तु र चौपायाका आकृति ट्याटुका रुपमा स्थान पाएका हुनसक्छन् । यसअघिका पुस्ताका थारु महिलाले अनिवर्यरुपमै शरीरभरी ट्याटु खोप्ने चलन थियो । हात र खुट्टाभरी नै ट्याटुको टीका बनाईन्थ्यो । गाला, निधार, चिउ“दो र आ“खाको नानीको तल्लो भागमा पनि ट्याटु बनाउने चलन थियो । अचेलका थारु किशोरीमा भने ट्याटु मोह घट्दो छ । तर यसअघिका पुस्ताका महिलाले भने ट्याटु संस्कृति भने यहा“सम्म ल्याई पु¥याएका छन् । ‘हाम्रो पालामा अनिवार्यरुपमा ट्याटु बनाउनु पर्ने चलन थियो । जोरजर्वस्ति होईन । अरुले खोपेको देख्दा आफूलाई पनि शहर जाग्थ्यो,’ ट्याटुका सौखिन टेङ्नी थारु भन्छिन्,‘ट्याटु छेड्नअघि एक साता अघिदेखि तयारी गर्नु प¥थ्यो । सुरुमा खरानी बनाएर राख्थ्यो । अनि सियोले गोड्ना बनाउँथ्यो ।’ सियोले ट्याटु खोपेको साँझ शरीर सुनिन्थ्यो । दुई÷तीन दिन पीडाले ज्वरो आउँथ्यो । पीडालाई बेवास्ता गर्दै थारु महिलाले गोड्नालाई निरन्तरता दिंदै आए ।
    थारु महिलाले शरीरभरी गोड्ना बनाउने चलन बारे अनेक भनाई छ । गोड्ना नछेड्ने महिलाले मृत्युपछि भगवानको घरमा बास नपाउने बिकदन्ती छ । अर्कोथरीका अनुसार कुनै शताब्दीमा थारु समुदायको आफ्नै छट्टै राज्य थियो । थारु महिलालाई रानी मानिन्थ्यो रे । छिमेकीको तत्कालिन शासकले थारु राज्यमाथि आक्रमण भयो । उनीहरुले राज्य गुमाए । थारु महिलामाथि यौनजन्य दुव्र्यहार हुन थाल्यो । त्यसैले थारु परिवारमा छोरी जम्नेको केही वर्षमै कुरुप बनाउन अनुहार, हात र खुट्टामा गोड्ने परम्परा सुरु भयो । ‘यो परम्परा संस्कारका रुपमा विकास हुँदै आयो,’ थारु संस्कार बारे चासो राख्ने मिहिलाल चौधरी भन्छन्,‘सत्यता के हो त्यस बारे अनुसन्धान हुन जरुरी छ ।’ खासगरी बाँके, बर्दिया, कन्चनपुर र कैलाली थारु बहुल क्षेत्रका थारु महिलामा गोड्ना बनाउने परम्परा बढी छ । उनका अनुसार द्धवापर युगमा भगवान कृष्णले पनि आफ्ना प्रेमी राधाको हाँतमा गोडना छेडेको भनाई छ ।

  • २२ चैत्र २०७७, आईतवार ११:३८ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश