फाईल फोटो
नेपालगन्ज । वायु प्रदषुणको प्रभाव बाँके र बर्दियामा देखिएको छ । बायु प्रदुषणका कारण आँखा पोल्ने समस्या देखिएको सर्वसाधारणहरुले जनाएका छन । बायु प्रदुषणले स्वास प्रश्वासलगायत स्वास्थमा बिभिन्न खालका समस्या देखिन सक्ने बिज्ञहरु बताउँछन् । बाँके कोहलपुरका नरेन्द्र बिसीले आँखामा एकदमै पिरो महसुस भएको बताए । उनले कोहलपुरमा अत्यधिक बायु प्रदुषण अत्यावश्यक काम बाहेक बाहिर न निस्किन सुझाएका छन् । बढ्दो वायु प्रदुषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनु हुदैन तर काठमाडौंमा भने चार गुणाको हाराहारीमा वायु प्रदुषण बढिसकेको छ । बर्दिया बढैयाताल गाउँपालिका ५ स्थित बिद्यालयका प्रधानाध्यपक गंगा चौधरीले बायु प्रदुष्णका कारण आँखा पोलेको जनाईन । उनले आँखा पिरो भएका कारण समस्या भइरहेको जनाए ।
धुलोका कण मानव स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा हानिकारक मानिन्छन् । यी कणहरू श्वासप्रश्वास नली हुंदै फोक्सोसम्म पुग्ने र फोक्सोबाट रक्तसञ्चार प्रणालीको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिएर मुटु फोक्सो, तथा अन्य स्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै अन्य संक्रमण पनि गराउने बिज्ञहरू बताउंछन् ।