ज्वाला सिंहको नाममा चन्दा माग गर्ने ४ जना पक्राउ - Dastabej

ज्वाला सिंहको नाममा चन्दा माग गर्ने ४ जना पक्राउ


  • दस्तावेज

  • नेपालगञ्ज । बाँकेमा ज्वाला सिंहको नामामा चन्दा माग गर्ने ४ जना पक्राउ परेका छन् । राप्तीसोनरी ४ सुर्यलालपुरका २४ बर्षिय बिकास चौधरी, वडा नम्बर ५ सुर्यलालपुरकै ४१ बर्षिय मेघनाथ चौधरी, वडा नम्बर २ का ४० बर्षिय भिम बहादुर भण्डारी र दाङ्ग तुल्सीपुर १५, हाल नेपालगञ्ज ४ सल्यानीबाग बस्ने २९ बर्षिय ज्योती प्रकाश चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी सर्वजनिक गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ जुरपानी बस्ने सिताराम थारुलाई बिगत एक हप्ता देखि फोन मार्पmत २ लाख रुपैया माग गरेको नदिए ज्यान खतरामा छ, भनि धम्की दिदै आएका थिए । चन्दा माग गरेको सुचनाका अधारमा जिल्ला प्रहरी कार्यालयका बिशेष टोलीले गएको चैत २० गते नेपालगञ्ज २२ पुरैनीबाट नियान्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक ओम बहादुर रानाले बताए । रानाका अनुसार निजहरुमाथि थप अनुसन्धान भैरहेको र मुलुकी फौजदारी संहिता २०७४ बमोजिम ७ बर्ष कैद र ७० हजार सम्म जरिवाना हुन सक्ने छ । पक्राउ परेकाहरुले राप्तीसोनारी ४ का २ वटा इट्टा व्यवासायिहरुबाट समेत ४ लाख चन्दा माग गरेका थिए । स्रोतका अनुसार पक्राउ परेका भिम बहादुर भण्डारी अटो चालक पुर्व जनमुक्ति सेना कम्पनी कमाण्डर समेत थिए ।

  • २२ चैत्र २०७७, आईतवार १५:२८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता