बाघले गैंडा गणकको किन लियो ज्यान ? - Dastabej

बाघले गैंडा गणकको किन लियो ज्यान ?


  • दस्तावेज

  • बर्दिया — आईतबार बिहान सबेरै उठे । हरेक दिनको दैनिकी अनुसार खटनपटनमा जुटे । बर्दिया राष्ट्रिय निकुन्जमा भइरहेको गैडा गणनाका लागि तयार भए । हात्ती चढेर निकुन्ज पसे । आईतबार बिहान ६ वजे गैंडा मचानको कलस्टरमा गैंडा गणना गर्ने कार्य तालिका थियो । १२ बजेसम्म हात्ती चढेर गैडा गणनामै व्यस्त भए । साथमा थिए अन्जय चौधरी गर्मी बढेपछि माउते कारण चौधरी हात्तीलाई नुहाउन खोला तिर लागे । पुलिसराम फुर्सदको समय भन्दै त्यस क्षेत्रमा घाँस काट्न सुरु गरे । एक्कासि पाटे बाघले आक्रमण गर्यो । त्यतिबेला साँझ करिब ५ बजेको थियो । बाघले आक्रमण गरेपछि पुलिसराम चिच्याए । कराए । बाघले पुलिसरामलाई झम्टेर लग्यो । अन्जय आत्तिए । रूख चढेर मोबाइलबाट फोन सम्प्र्क गरे । जानकारी पाएपछि निकुञ्जको टोली र नेपाली सेनाको टोली तत्काल घटनास्थल पुगेर पुलिसरामको शव खोजी गर्यो । बेलुकी ८ बजे उक्त क्षेत्रबाट एउटा बाघलाई नियन्त्रणमा लिइएको छ ।
    बाघले प्रमुख तीन आवस्थामा आक्रमण गर्ने अनुसन्धानकर्मी बताउ“छन् । बाघ बसेको स्थानमा प्रबेश गरेमा, बाघ आफ्ना बच्चासहित बसेको छ भने बच्चा लिन आयो भनेर र शिकार गरेर खाईरहेका बेला बढि आक्रमक हुन्छ । त्यस्तै एक पटक मानिसको रगत खायो भने नरभक्षि हुन्छ । त्यसबाहेक अपबादका रुपमामात्रै आक्रमण गर्छ । आईतबार निकुन्जको गैंडा मचान क्षेत्रमा भएको घटना घा“स काट्न बेला भएको हो । घांस काट्ने समयमा मान्छेको टाउको हल्लिने भएकाले अहारा हो भनेर बाघले आक्रमण गरेको हुनसक्ने बिज्ञहरुको भनाई छ । गैंडा गणनाका लागि १० वटा हात्ती र ६० जना गणक परिचालित गरिएका छन् । बाघको आक्रमणमा परी दुई वर्षमा २० जनाको ज्यान गएको छ ।

  • २३ चैत्र २०७७, सोमबार १२:१६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार