कति सम्भव छ लुम्बिनी प्रदेश सरकार परिवर्तन ? - Dastabej

कति सम्भव छ लुम्बिनी प्रदेश सरकार परिवर्तन ?

लुम्बिनी प्रदेश सरकार परिवर्तन गर्न हस्ताक्षर सुरु, प्रदेश सरकार बनाउन ४४ प्रदेशसभा सदस्य आवश्यक


  • दस्तावेज

  • नेपालगन्ज । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले हस्ताक्षर संकलन गरेका छन् । एमाले एक्क्लो परेको छ । जसपाका तीन जनाको हस्ताक्षर भएको छ । तीन जनाले अझै पनि हस्ताक्षर हुन बाँकी रहेको जनाइएको छ । बाँकी तीन जनाको पनि हस्ताक्षर गराउने प्रयास भइरहेको बताइएको छ । लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन् । एमालेका ४१ प्रदेशसभा सदस्य छन् । माधव नेपाल समूहमादुई जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सरकार बनाउन ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छन। यसअघि एमाले माओवादीका दुई प्रदेशसभा सदस्यले माओवादी परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरिसकेका छन् । अर्को दल प्रवेश गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रले कारवाही गरिसकेको छ ।

  • २३ चैत्र २०७७, सोमबार १६:२९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा