बिजुली पाएपछिको खुसी - Dastabej

बिजुली पाएपछिको खुसी


  • दस्तावेज

  • नेपालगन्ज — कोहलपुर—बैजापुरसम्मको बिद्युत सेवा बिस्तारको काम ठेकेदारको लापरवाहीका कारण ढिलाई भएको भन्दै राप्ती सोनारी गाउँपालिका स्थानीय ट्याक्टर चढेर जिल्ला प्रशासन घेर्न नेपालगन्ज आउथे । बिद्युत बिस्तारको काम छिटो सम्पन्न गर्न दबाव दिन उनीहरु दर्जनौ पल्ट प्रशासन आए । एक दशकपछि उनीहरुको सपना पूरा भएको छ । राप्ती सोनारी ३ र ४ मा बिजुली पुगेपछि खुसी छाएको छ । स्थानीयहरु खुशी मनाएका छन् । यसअघि स्थानीयहरु सोलार र टुकी बालेर गुजारा गर्दै अएका थिए । गाँउपालिकाले आफ्नै ४ करोड लगानीमा बिद्युत गाँउगाँउमा प्रवाह भएको छ । बाँकेमा हालसम्म ९५ प्रतिशत स्थानमा बिद्युत् जडान भइसकेको छ । ‘पालिकाको लगानीमा बिद्युत आएपछि गाउँमा खुसी आएको छ । ,स्थानीय सरकार नआएसम्म हाम्रो सपना पूरा हुन सकेन,’ सरस्वाती मध्यामिक बिद्यालय व्यवास्थापन समितिका अध्यक्ष प्रेमराज केसीले भने,‘गाउँमा बिजुली नहुँदा टुकी बाल्नु परेको थियो ।’ उनले बिद्युत नभएकै कारण गाउँमा साना उद्योगसमेत छैनन् । उनले बिद्युत आएपछि बिद्यालयहरुलाई प्रबिधिक मैत्री बनाउन सहज हुने विश्वास व्यक्त गरे । बिद्युतले खेतिमा समेत सहयोग पुग्ने स्थानीय बताउँछन् राप्ती सोनारी ३ का स्थानीय बुधनीकुमारी थारुले बिद्यतु मिटर जडान गरेर खेती गर्ने सोंच बनाएको बताईन ।
    राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष लाहु राम थारुले ४ करोड लगानीमा र नेपालगन्ज सब डिभिजन बिद्युत् प्रधिकरणको सहयोगमा बिद्युत् गाउँ पुर्याउन सनेको जनाए । उनले बिद्युतत जडान भएसँगै कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुग्ने बताए । ठेकेदार राजेन्द्र मिश्राले २०६६ मा पाएका थिए । धामपुर स्टेसनसम्म ३३ केभि लाईन बिस्तार गर्ने लक्ष्य राखिएको थियो । ठेकेदारले काम नगरेको भन्दै बिद्युत प्राधिकरणले ठेक्का तोडेपछि अदालतमा मुद्दामा परेको थियो । अदालतले प्राधिकरणको कामलाई सदर मानेपछि बिद्युतको काम पूरा भएको हो ।

  • २६ चैत्र २०७७, बिहीबार १५:२८ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न