अन्तरलिङीको प्रेम कहानी - Dastabej

अन्तरलिङीको प्रेम कहानी

‘समाजले हामीलाई जे भनोस हामी एकअर्काविना बाँच्न सक्दैनौ ।’


  • दस्तावेज

  • क्याप्सन ः बारबर्दिया नगरपालिका १० का नविन र कविता । तस्बिर ः सौजन्य नविन

    नेपालगन्ज । उनी जन्मिदा बुबाआमाले नाम राखिदिए ललिता चौधरी । कारण थियो—उनी महिला भएर जन्मिन । पाँच वर्षको उमेरसम्म उनलाई केही भएन । तर किशोर हुँदै गएपछि उनको व्यहार र बोलीचाली फरक देखिन थाल्यो । केटी भए पनि उनी पुरुषसंगमात्रै मिल्थिन । केटी साथीहरुसंग टाढै बस्थित । केटी साथीसंग कहिल्यै खेलेनन् । व्यहार गर्ने त कुरै थिएन । केटा साथी बनाउ“थे । केटाहरुसंगै झगडा खेल्थे, रमाउँथे र खेल्थे । बिद्यालयमा पढ्न जा“दा पनि केटाहरुसंगै बेन्चमा बस्थे । शिक्षकहरु आश्चर्यमा पर्थे । कतिपल्ट शिक्षकहरुले केटी बस्ने रोहमा बस्न सुझाउ“थे । तर शिक्षकहरुले दिएको सुझावलाई अटेर गर्थिन । बिद्यालयले छात्राले लगाउने मेड्डी र फराकतिर उनको ध्यान जाँदै गएन । केटाजस्तै पाईन्ट र सर्ट लगाईन । चुल्थो बा“डिनन् । केटाहरुजस्तै कपाल काटेरै बिद्यालय पुग्थिन ।
    कक्षा ६ मा पुगेपछि किशोर उमेरमा पुगे । नाम परिवर्तनका लागि शिक्षकहरुसंग आग्रह गरे । र, आफ्नो नाम परिवर्तन गरिन । नाम लेखाईन, नविन चौधरी । बर्दिया बारबर्दिया नगरपालिका वडा न. १० डफैया गाउँका ३० वर्षीय उनी अहिले चर्चामा छन् । उनले आफ्नै केटी साथीसंग विवाह बन्धनमा बाँधिएकी छन् । गाउँकै आफ्नै उमेरकी र संगै पढेकी कवितासंग थारु परम्पराग तरिकाले विवाह गरी वडा कार्यालयमा गएर विवाह दर्तासमेत गराएका छन् । केटीकेटीले विवाह गरेको भन्दै उनीहरुको जोडीले चर्चा पाएको हो । अल्पसंख्यक अन्तरलिङी विवाह बारे उदार नभइसकेको समाजले उनीहरुको जोडीका बारेमा अनेकथरी टिप्पणी गरिरहेको छ । तर त्यो जोडीलाई कुनै परवाह छैन । उनीहरु खुसीसाथ संगै जिउने संगै मर्ने कसम खाँदै लगनगांठोसहित सात फेरो लिएका छन् । चैत्र १० गते उनीहरुले सार्वजनिकरुपमै घरमै विवाह गरेका हुन । विवाह गर्दा नविन थारु परम्परा अनुसार टाउकोमा (पकुटा) पगरी बाँधे र सेतो रंगको जामा पहिरे । ललिता पनि थारु परम्परा अनुसारको पहिरनमै दुलही बनिन् । आफन्त बोलाएर विहेको सात फेरो लिए । थारु परम्परा अनुसार दुलहीलाई दुलहाले घर भित्रियाउँदा हातले चामल कुट्ने ओखल, तीललगायतले नवदम्पत्तीको टाउको वरीपरी घुमाउँदै पर्छिने चलन हुन्छ । दुलहा र दुलहीको एकापसमा टाउको ठोक्काईन्छ । दुलहाले नयाँ पालमा बालेको दियो खुट्टाले फुटाउँनु पर्छ । बलिरहेको पाल फुटेपछि दुलहाले दुलहीलाई घर भित्रयाउँछन् । दुलहाको सहयोगीका रुपमा अभिभावक (गँजवा) हुन्छ । जो फलामको भाला बोकेका हुन्छन् । सहायक दुलहाकारुपमा कम उमेरका बालकलाई छैबलवा बनाईन्छ । दुलहीको सहयोगीका लागि उनकी भाउजु, दिदी वा फुपुहरु लकोडी बन्ने चलन छ । ‘हामीले थारु समुदायमा चल्दै आएको परम्परा अनुसार नै विवाह ग¥यो । आफन्तहरु पनि सबै आउनु भो,’ नव दुलहा नविन भन्छन्,‘तर मेरो जीवन संगेनीका बुबाआमा आउनु भएन त्यसैले अलिकति नमजा लाग्यो । उनको भाउजु भने लकोडी बनिदिनु भो खुसी लागेको छ ।’

    कविता बुबा र आमा छोरीले गरेको विवाहप्रति खुस छैनन् । तर विरोध पनि गरेका छैनन् । भविष्यमा छोराछोरी कसरी जन्मिने भन्ने चिन्ता बुबाआमालाई छ । तर, विवाहका लागि नविनका बुबा लालबहादुर र आमा श्यामकुमारीले पुरै साथ दिएका छन् । नविन जेठा छोरा हुन । दुई बहिनी र एक भाई छन् । यस्तो परिस्थितीमा पनि परिवारको साथ पाएपछि उनी दंग छन् । ‘समाजले जे भनोस कुनै मतलब छैन । मेरो बाबादाईले निकै सर्पोट गर्नु भएकोमा निकै खुसी छु,’ उनले भने,‘हामीजस्ता अल्पसंख्यहरुको पीडा पछि समुदायले बुझ्दै जाला । तर अहिले स्वीकार गर्न सक्ने अवस्था छैन ।’ विवाह गर्न पाएकोमा उनी जति खुसी छन्, त्यो भन्दा बढी विवाह दर्तामा भएकोमा । यही चैत्र ११ गते बारबर्दिया नगरपालिका १० को वडा कार्यालयमा गएर विवाह दर्ता गराएका हुन । पञ्जिकाधिकारी डम्मरबहादुर बुढाले उक्त जोडीको विवाह प्रमाणपत्र बनाई दिएका हुन । अल्पसंख्यक जोडीले कानुनी मान्यता पाएपछि उनीहरुको खुसीको सीमा छैन । ‘हामीलाई समाजले जस्तोसुकै दृष्टिकोणले हेरोस तर कानुनले मान्यता दियो । यसैमा हामी खुसी छौँ,’ नव दम्पत्तीय जिवनमा बाँधिएका नविन भन्छन् । विवाह दर्ता गर्न जा“दा वडा कार्यालयका अधिकारीहरुले उनीहरुसंग सोधपुछ गरेको थियो । पहिलो विवाह हो कि दोस्रो ? उमेर पुगेको छ कि नाई ? अभिभावकको मन्जुरी छ कि छैन ? समान्य सोधपुछ उनीहरुको विवाहले कानुनी मान्यता पाएको हो । बर्दियामा अन्तरङीबीच भएको यो जोडी पहिलोपल्ट सार्वजनिक भएको बताइएको छ । त्यसैले पनि यो जोडीले बढी चर्चा पाएको हो । अन्य जोडीले पनि यसैगरी विवाह गरेको तर समाजका डरले सार्वजनिक हुननसकेका हुनसक्छन् ।
    ०४७ मा ५ डफैयामा जन्मिएका उनीहरु स्थानीय जनसेवा माध्यमिक बिद्यालयम पढ्नका लागि भर्ना भए । ८ कक्षामा पढ्दै गर्दा उनीहरुबीच प्रेम प्रस्फुटन भएको हो । घरबाट झोला बोकेर निस्किदा गफ गर्दै बिद्यालय पुग्थे । घर फर्किदा पनि संगै हुन्थे । एकापसमा प्रेमको कुरा गर्थे । त्यस्को चार वर्षपछि उनीहरुको प्रेम विवाहमा परिणात भएको हो । विवाह गर्नुअघि उनीहरु अगामि भविष्यका बारेमा निकै छलफल गरे । भावी सन्तानका बारेमा पनि उनीहरुबीच छलफल नभएको होईन । त्यसका बाबजुट पनि उनीहरु विहेका लागि राजी भएका हुन । ‘धेरैका सन्तान नभएर पनि सुःखकासाथ धेरै अभिभावक बाँचेकै छन् । हामी पनि त्यसैगरी सुःखकासाथ बाँच्ने प्रण गरेर विवाह गरेका छौँ,’ दुलही कविता भन्छिन्,‘हामीले जे गरौ“ राम्रो गरेजस्तो लाग्छ । सबैभन्दा खुसीको कुरा विवाह दर्ता गर्न पाएका छौंँ ।’ एसएलसी परीक्षामा फेल भएपछि नविनले पढाई छोडेका छन् । कविताले भने १२ कक्षा पास गरेकी छन् । श्रीमतिको पढाईको निरन्तरताका लागि नविन चिन्तित छन् । ‘म पढ्न सकेन तर श्रीमतिको पढाईलाई निरन्तरता दिन प्रयास गरिरहेको छु,’ नविन भन्छन् । यसअघि नविनले अन्तरलिङीको क्षेत्रमा काम गर्ने ब्लयु डमाईन सोसाईटीको सुन्दर संसार कार्यक्रममा काम गर्थे । हाल उनी बेरोजगार छन् । आर्थिक अवस्था माध्यमखालको रहेको उनी खेतिपातीको काममा व्यस्त छन् । कविता भने घरको गृहणीको काम गर्दै आएकी छन् । विवाह गरेपछि उनीहरु संगै बस्छन् । बारीमा संगै काम गर्न जान्छन् । उनीहरुको जोडी गाउँमा जाँदा कुरा काट्छन् । केटीकेटीले विहे गरेका छन् भन्दै दुव्र्यबहार सहनु परेको उनीहरुको गुनासो छ । अल्पसंख्यक अन्तरलिङीका बारेमा समुदायले हेर्ने दृष्टिकोण परिवर्तन नहुँदासम्म दुव्र्यहार सहनु पर्ने उक्त जोडीको बुझाई छ । ‘हामी कतै हिड्यो भने केटीकेटीले विहे गरेको कुरा काट्छन् । त्यो सुन्दा नमजा लाग्छ,’ कविताले भनिन्,‘समाजले हामीलाई जे भनोस हामी एकअर्काविना बाँच्न सक्दैनौ ।’

  • २८ चैत्र २०७७, शनिबार ११:४४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार