बाँके— विकास निर्माणका काममा सामूहिक श्रमदान (बेगारी) गर्ने परम्परा अधिकांस गाउँबाट हटिसकेका बेला राप्ती सोनारी गाउँपालिका फत्तेपुरका महिलाले उक्त चलनलाई हालसम्म निरन्तरता दिएका छन् । उनीहरुले स्थानीय विकास निर्माणका कामका लागि श्रमदान गर्दै आएका छन् । गाउँका सडक, कुलो, नहर मर्मत लगायतका विकासका कार्यमा फत्तेपुरबासीको उल्लेख्य सहभागिता हुने गरेको छ । ती मध्ये अधिकांस महिला हुने गरेका छन् । श्रमदान गर्न नआउने व्यक्तिलाई स्थानीयले अर्को दिन काममा लगाउने र त्यो पनि नगरे जरिवाना तिराउने नियम बनाएका छन् । जरिवाना तिर्ने डरले श्रमदानका लागि एक घरबाट एक जना व्यक्तिलाई श्रमका लागि पठाउने परम्परा लामो समयदेखि चल्दै आएको छ ।
हाल फत्तेपुर ८ महेमानपुर, हबरह्वा र जुरैयाका करिव २ सय घर परिवार नहर मर्मतको काममा हरेक वर्ष जछन् । उनीहरुले ठाउँठाउँमा भत्केको बाध वर्षाअघि मर्मत गर्न लागेका हुन । ‘भत्किएका बाँध मर्मत गर्न सरकारी कार्यालयको मुख ताक्ने हो नहुन सक्छ । पानी नभई हामीलाई खेती गर्न मिल्दैन,’ श्रमदानका लागि टोकरीमा माटो बोक्दै गरेकी स्थानीय सरस्वती चौधरीले भनिन्,‘श्रमदान गरे आफ्नै गाउँलाई फाईदा हुने हो अरुलाई हुने होईन । आफैले गर्न सक्ने कामका लागि अरुको मुख ताक्नु हुँदैन ।’
श्रमदान गराउन चौकीदारले एक दिनअघिनै गाउँगाउँ पुगेर खबर पु¥याउछन् । सामूहिक काममा नआउने परिवारले जरिवाना तिर्नु पर्ने चेतावनी दिन्छन् । उक्त चेतावनीलाई नमान्ने व्यक्तिलाई सामूहिक जरिवाना गर्दै आएको स्थानीय बताउँछन् । स्थानीय निकाय सञ्चालन निर्देशिकाले गाउँका विकास निर्माणका काममा ४० प्रतिशत श्रमदान गर्नुपर्ने उल्लेख छ । तर, अधिकांस गाविसका विकास कार्यमा स्थानीयको श्रमदान हुने गरेको छैन । फत्तेपुरबासीले भने उक्त परम्परालाई जिउँदो राख्न सफल भएका छन् । ‘म बुझ्ने भएदेखि गाउँमा श्रमदान गर्ने परम्परा निरन्तर चल्दै आएको छ । यसले गाउँको विकासमा सहयोग पुग्दै आएको छ,’ स्थानीय टेकबहादुर घर्ती भन्छन्,‘सडक, कुलो, नहर मर्मत गाउँलेहरु मिलेर आफै गर्दै आएका छौ ।’
गाउ“लेहरुले श्रमदान गरेपछि गाविसलाई पनि सजिलो भएको छ । अन्य गाविसमा स्थानीयले गर्न सक्ने कामका लागि बजेट ताक्ने प्रवृति बढ्दो छ । तर, फत्तेपुरका स्थानीयले भने खाल्डाखुल्दी पुर्नलाई कसैको मुख ताक्नु भन्दा पनि आफैले गर्दै आएका छन् ।‘कसैको व्यक्तिगत फाईदाका लागि श्रमदान गर्नु गलत हो । सामूहिक फाईदा पुग्ने काममा सबैले श्रमदान गर्न आवश्यक छ,’ स्थानीय सितारानी चौधरी भन्छिन्,‘बिग्रिएको बाटोमा हिड्नु भन्दा सकेको आफै गुर्न राम्रो हो ।’मदानको सकारात्मक पक्षबारे अन्य गाविसका स्थानीयले सिको गर्ने हो भने साना कामका लागि अरुको मुख ताक्ने प्रवृति बिस्तारै हट्दै जाने फत्तेपुरबासीको सुझाव छ ।