बर्दिया । गर्मीको पारो उक्लिदै छ । जताततै पिउने पानीको हाहाकार भएको समाचार सार्वजनिक हुन थालिसके । गर्मीका कारण धारा र इनार सुक्छ । पानी नपाएर कष्ट थपिएको छ । पानी लिन घण्टौ कुर्नु परेको सुनिएकै छ । तर चुरे छेउमा रहेको बाँसगढी नगरपालिका २ बेतहनी गाउँमा भने पीउने पानी आफै निरन्तर बगिरहेको छ । डिपबोरिङ, धाराबाट एकनासले बग्ने पानीले सिंचाईमा समेत सहयोग पु¥याएको छ । बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा उक्त गाउँपर्छ । नजिकै चुरे पर्छ । घर नजिकैको खेतमा बोरिङ गाडिएका छन् । पीउने पानी प्रस्ततै छ । बह्रै महिना निरन्तर पानी बगिरहँदा कहिलेकसो बढी हुन्छ । बढी भएको पानी नालामा फालिन्छ । उक्त क्षेत्रमा करिव एक दर्जन बोरिङ छन् । जसबाट आफै निरन्तर पानी निस्किरहन्छ । १०÷१५ फिट गहिरोमा धारा जडान गर्दा मजाले पानी आउँछ । आपसेआप पानी निस्किनका लागि एक सय बढी फिट गहिरोमा जडान गरिएका छन् । ‘यहाँ पीउने पानीको कुनै समस्या छैन । जति नै गर्मी भएपनि पानी आइरहन्छ,’ स्थानीय भोसु चौधरी भन्छन्,‘पीउने पानीको हाहाकारको समाचार रेडियोमा सुनिन्छ । यहाँ भने पानी आफै निस्किन्छ । पानीको कुनै तानव नै हुँदैन ।’
अन्य स्थानमा ट्युबेलबाट पानी तान्न मोटर, जेनेटर, पम्पसिट जडान गर्नुपर्छ । तर यहा“का सर्वसाधारणहरुलाई भने त्यो झन्झट ब्यहोर्नु परेको छैन । प्राकृतिकरुपमा बरदान पाएका यहाँका स्थानीयहरु आफूलाई निकै भाग्यमानी सम्झिन्छन् । उनीहरुलाई इन्धन खर्च गर्नुपरेको छैन । स्थानीयबासी तथा शिक्षक रमेश चौधरीले बेतहनी क्षेत्रमा पानीको कुनै समस्या नरहेको बताए । ‘जताततै पानी नै पानी पाउन सकिन्छ त्यो पनि पीउन लायक । रातदिन पानी निस्कि रहने गरेका कारण सिंचाईमा पनि सहयोग पुगेको छ,’ उनले भने,‘पीउने पानीबाटै धानको बीउ राखिसकेका छौँ ।’
चुरे बारे जानकार डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खडकाले त्यस क्षेत्रमा चुरे संरक्षण भएका कारण पानी आफै निस्किने गरेको बताए । उनका अनुसार चुरे संरक्षण हुँदा आकासबाट परेको पानी जमिनको सतहसम्म पुग्छ । चुरे विनास भएर नाँगै भयो भने आकासको पानी सिधै बगेर जान्छ । खोलानालामा पानी बगेर जान्छ । तर चुरेलाई रुखबिरुवाले ढाक्यो भने पहिरो जांदैन । रुखबिरुवाले आकासको पानी जमिनको सतहसम्मै पु¥याउछ । र, त्यो पानीले तराईलाई रिचार्ज गर्छ । ‘जहाँ चुरे संरक्षण भएको छ । त्यस क्षेत्रमा पानीको कुनै समस्या नै हुँदैन । किन भने चुरेले तराई रिचार्ज गरेको हुन्छ,’ उनले भने,‘पीउने पानीको समस्या समाधान गर्न आसपास क्षेत्रका चुरेको संरक्षण गर्न आवश्यक छ ।’