बाँकेका सीडीयो कुरुम्बाङ ः प्रशांनीय कार्य, पाए सजाय - Dastabej

बाँकेका सीडीयो कुरुम्बाङ ः प्रशांनीय कार्य, पाए सजाय

चुलबुले बानीका उनी काम नगरी बस्नै सक्दैनन् । उनको दोष त्यही बन्यो ।


  • दस्तावेज

  • नेपालगन्ज । उनी कुनै दिन नेपाली सेनाका अधिकृत थिए । अप्रेशनमा खटिने बानी । पछि निजामतीमा नाम निकाले । चुलबुले बानीका उनी काम नगरी बस्नै सक्दैनन् । उनको दोष त्यही बन्यो । काम गर्नेलाई कस्ले देख्न सक्छ र ? भयो त्यस्तै । बाँकेको सिडीयो रामबहादुर कुरुम्बाङ राम्रै काम गरेर पुरुस्कार पाए टिकापुर सरुवा । उनी यसबारे बोल्न चाहदैनन् । तर भन्छन्, म आफैले मागेर टिकापुरमा जाँदै छु । यसबारे धेरै तथ्य लुकेको छ । उनकै भाषामा । बाँकेका सिडीयोको हैसियतमा उनले यस्तो लेखे, करिब ११ महिनाको बाकेको प्रजिअको जिम्मेवारी पूरा गरि मेरो सरुवा इलाका प्रशासन कार्यालय टिकापुरमा भएको छ । हाम्रो कार्यकालको महत्त्वपूर्ण उपलब्धिहरु
    १) कोरोना महामारीमा २५० बेडको कोरोना वार्डबाट ७७ जिल्लामै उकृस्ट उपचार र ब्यवस्थापन
    २) भन्सार लक्ष भन्दा १३५५ बढी अर्थात ४ अर्ब बढी राजस्व संकलन
    ३) १५० जना क्षमताको एसि सहितको सेवाग्राही कक्ष निर्माण
    ४) खजुरा ३ को एक अर्ब बराबरको १७ बिग्गाह जग्गा भुमाफियावाट नेपाल सरकारमा फिर्ता
    ५) सिक्टा सिचाई शुन्यबाट २२ हजार हेक्टरमा सिचाइ सुबिधा ।
    ६) पालगन्ज गुलरिया सडक खण्डको मानपुरको राणाकालिन घर हटाईयो ।
    ७) जिल्ला प्रशासन कार्यालयको परिसरको सौर्न्दर्यकरण
    ८) मालपोत, नापी र यातायात कार्यालयको सेवाप्रबाहमा आशातित सुधार ।
    ९) नरैनापुरमा पहिलो पटक विद्युत प्रशारण
    १०) पुजिगत खर्चमा बढोत्तरि बिकाश निर्माणमा दशककै बढी ।
    ११) नरैनापुर, नेपालगन्जमा आगलागी नियन्त्रण र तत्काल राहत तथा उद्दार
    १२) मौलिक प्राकृतिको घुम्ती शिबिरको शुरुवात ।
    १३) भेरी अस्पताल देसकै उत्कृष्ट अस्पताल घोसित
    १४) प्रहरीद्वारा ५७० ९ लुम्बिनी प्रदेशको ९०५० फरार अपराधी पक्राउ
    १५) स्थानीय तहबाट २ थान सबारी साधन खरिद गरि प्रहरीलाई हस्तान्तरण ।

  • २९ चैत्र २०७७, आईतवार १७:२० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार