नेपालगन्ज— भारतले नेपालगन्ज हुँदै कोहलपुरसम्म रेल सेवा सन्चालन गर्न रेल चल्ने लिकको रेखाकंनको काम सकिएको एक वर्ष पुग्यो । प्राविधिक टोलीले भारतको रुपैडिहास्थित नेपालगन्ज रोडबाट रेलको लिक निर्माणका गर्न रेखांकन सुरु गरेको हो । लिकको रेखाकंनको काम सकेर प्राविधिक टोलीले लागत रकम, आवश्यक पर्ने भौतिक संरचना, रेल सेवाले छुने गाउँ तथा बस्तीहरुको पहिचान लगायतका कामहरु सुरु गरेको थियो । रेल सेवा अध्ययनका भारतीय प्राविधिक टोलीलाई सहयोग गर्न विभागबाट नेपालगन्ज आएका थिए । रेलको लिक पिप्रहवा, पुरैना, पुरैनी, राँझा, हबलदारपुर, रझेना लगायतका गाउँलाई छुने भनिएको थियो । तर गाउँ छेउबाटै रेल सेवा सन्चालन भएपछि बस्तीभित्र प्रवेश गराईने छैन ।
भारत—नेपालको कोहलपुसम्म रेल सन्चालनका लागि भारतको गोरखपुर र गोण्डाबाट प्राविधिक टोली आएका छन् । अध्ययन टोलीले नेपालगन्जको पुर्बी क्षेत्र पिप्रह हुँदै सिधै राँझासम्म रेलको लिक रेखाकंन गरेको छ । राँझा बिमानस्थल नजिकैको सोल्टी होटेल नजिकैबाट पश्चिम तर्फ रेलको लिक डाईभर्सन गरिने छ । डाईभर्सनका क्रममा नेपालगन्ज—कोहलपुर फोरन लेन सडक पर्छ । त्यहाँ फोर लेन सडकलाई डाईभर्सन गर्न आकासे पुल निर्माण गरिने लक्ष्य छ । राँझा बिमानस्थलको पश्चिम हुँदै कोहलपुरसम्म रेल सेवा बिस्तार गर्ने योजना छ । नेपाली अधिकारीहरुले भने सुख्ख बन्दरगाह निर्माण गरिने भनिएको जयसपुरबाट सिधै कोहलपुरसम्म रेल सेवा बिस्तारका लागि सुझाव दिएका छन् । तर यसअघि नेपालगन्ज रँेडबाट कोहलपुरसम्म रेल बिस्तार गर्ने भन्दै दुई मुलुकबीच सहमति भइसकेको छ । नेपाल सरकारको सचिव स्तरीय निर्णयले रेल सेवा बिस्तारका लागि ‘फाइनल लोकेशन सर्बे टोली’ गठन गरेपछि काम अगाडि बढेको हो । ०७४ साउन ५ गतेको सचिवस्तरीय निर्णयले उक्त टोली गठन गरेको हो । भारतीय पक्षले कोहलपुरसम्म रेलवे सेवा बिस्तार गर्नुुको कारण नेपालले सन्चालन गर्ने मेची—महाकाली रेलवे सेवासंग जोड्नु हो । तर उक्त परियोजनाको नाम भने नेपालबाट नेपालमै रेलवे सेवा सन्चालन राखिएको छ । नेपालगन्जसंग जोडिएको रुपैडिहादेखि गोण्डासम्मका लागि छोटी लाईन (सानो) रेल सञ्चालन हुँदै आएको थियो । गोण्डा र गोरखपुर यस्तो रेलवे स्टेशन हो जसले सिंगो भारतलाई जोडेको छ । नेपालगन्जसम्म रेलवे सेवा बिस्तार भए ंिसगो भारत नेपालसंग जोडिने छ