भेरी अस्पतालको कोरोना वार्ड भरियो, भर्ना बन्द - Dastabej

भेरी अस्पतालको कोरोना वार्ड भरियो, भर्ना बन्द

संकट थपियो, सरोकारवालासंग छलफल हुँदै


  • सुनिल रेग्मी

  • नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको कोरोना वार्ड विरामीले भरिएपछि संकट थपिएको छ । अस्पतालले कोरोना संक्रमितहरुको उपचारका लागि भर्ना लिनसक्ने जनाएपछि अवस्था जटिल बनेको हो । भेरी अस्पतालमा १४२ वटा कोरोना वार्ड बनाइएको छ । तर जनशक्ति अभावका कारण ६५ वटा बेडमात्र संचालनमा छ । ति सबै वार्डहरु भरिएको छ । अस्पताल भर्ना भएका सबै कोरोनका विरामीलाई अक्सिजन दिइको छ । २४ जनाको अवस्था गम्भीर रहेको भेरी अस्प्तालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।
    मंगलबार ११३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पतालको आइसोलेशन कोरोना संक्रमितले भरिएपछि स्थानीय तहलाई आइसोलेशन स्थापना गर्न सुझाइएको छ ।
    उनका अनुसार कोरोना नियन्त्रण नहुँदै सर्वसाधारणहरुले बेवास्ता गरेका कारण संक्रमण फेरि दोहोरिएको हो । आउने बैशाख र जेष्ठ महिनामा कोरोनाले उग्ररुप लिनसक्ने बिज्ञहरुले सुझाए पनि त्यसको बेवास्ता गरिएको छ । ‘कोरोनाको त्रास सबैले भुलिसके । यसले गम्भीर अवस्था निम्तियाउन सक्ने खतरा छ,’ भेरी अस्पताल प्रमुख डा। थापा भन्छन् । उनले स्थानीय सरकारहरुले फेरि पनि आइसोलेसन र क्वारेन्टाईन सन्चालन गर्नुपर्ने सुझाव दिए । भेरीले मात्रै धान्न नसक्ने संकेत देखिन थालेपछि नेपालगन्ज शिक्षण अस्पतालमा फेरि कोभिड वार्ड बनाउन पहल भइरहेको छ । भारत नगएका स्थानीयहरुमा पनि कोरोना संक्रमण देखिन थालेको अस्पतालले जनाएको छ ।

  • १ बैशाख २०७८, बुधबार १३:११ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न