एक रिक्सा चालकको नयाँ वर्ष - Dastabej

एक रिक्सा चालकको नयाँ वर्ष

रिक्साको भरमा जीन्दगी


  • जगेश्वरसिंह थारु

  • नेपालगन्ज । गर्मीको पारो उक्लिदै गएको छ । सर्वसाधारणहरु छाहरी खोज्दै थिए । तर एक रिक्सावाला नयाँ वर्षका दिन पनि चर्को गर्मीमा सवारी खोज्दै थिए । “हजुर कहाँसम्म होला”। उनले गरेको अनुरोधमा कति रिसाएर जन्छन् त कोही गाली गर्छन्। गन्तब्यतिर जानेहरु रिक्सा चढे । बर्दिया बारबर्दिया नगरपालिका ५ धोवियागाँउका केवल प्रसाद चौधरीको जीवन यसैगरी आटो रिक्साकै भरमा चलिरहेको छ । रिक्सा चलाउनु भन्दा अघि वैदेशकि रोजगारमा गएका थिए । तर मासिक कमाई कम भएका कारणले १४ महिनाको बैदेशिक बसाइपछि नेपाल फर्किए । साउदीको मासिक ७२८ रुपैँया मात्र कमाई थियो । बिदेश कमाई गर्दा पनि घर खर्चसमेत नपुग्ने भएकोले नेपाल फर्केको उनले बताए । ४ जनाको परिवार छ । रिक्सा बहेक अन्य आयस्रोत छैन । दैनिक एक हजार देखि १२ सय रुपैँया कमाइ गरिरहेको र त्यसैबाट घरखर्च चलाइ रहेको उनले बताए ।


    पछिल्लो समय बालबालिकादेखि बृद्धा समेतको रोजाईमा ईरिक्सा परेको छ । थोरै लगानी र जति यात्रु बोक्न सक्यो त्यति रुपैयाँ कमाइ गर्न सकिन्छ । त्यति मात्र होइन रिक्सा दैनिक भाँडामा पनि पाईन्छ । थोरै लगानी र परिश्रम अनुसार नाफा कमाउन सक्ने भएकोले नेपालगन्ज बजार क्षेत्रमा अवश्यक भन्दा दोब्बर ई रिक्सा सञ्चालन मा आएका छन् । रिक्सा चालकको पनि बाध्यता नै हो जति गाली गलौचा खाएपनि उनीहरुको ई रिक्सा रोजी रोती हो र्। एक तिर यात्रु पाईन्छ कि नाई चिन्ता एकतिर ट्राफिक प्रहरी सिटी बजाउदै भगाउने गरेको हुन्छ, रिक्सा चालक केवलले भने ।
    नेपालगन्ज बजार क्षेत्रमा मात्र हेर्ने हो भने ५ हजार भन्दा बढी ई रिक्सा छ । ईरिक्सा चालकहरु।को अवस्था हेर्ने हो भने करिब ७५ प्रतिशत सर्वसाधारणहरुको आर्थिक अवस्था कमजोर छ । दिनभरी कमाएको पैसाले साँझ र विहान घर खर्च चल्ने गरेको हुन्छ ।

  • १ बैशाख २०७८, बुधबार १४:२३ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा