बाल बिबाह मुक्त वडा घोषणा - Dastabej

बाल बिबाह मुक्त वडा घोषणा


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ खजुरा खुर्द बालबिवाह मुक्त वडा घोषण भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले शिक्षाको स्तर बढाउनका लागि बालबालिकाहरुलाई २० बर्षसम्म पढ्न दिई , त्यस पछि मात्रै बिवाह गर्नुपर्ने बताए । यस्तै जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवले पुरै गाउँपालिकालाई नै बालबिवाह मुक्त घोषणा गर्ने बताए । त्यसका लागि बजेट बिनियोजन गरेर काम गर्ने प्रतिबद्धता अध्यक्ष यादवले जनाए । बालबिबाह मुक्त अभियान निर्देशिका २०७७ मा भएको ब्यवस्था अनुसारको प्रक्रिया अबलम्बन गरि बालबिवाह मुक्त वडा घोषणा गरिएको त्रिवेणी बिकास समाजका सहजकर्ता मिश्रलाल यदाबले बताए । त्रिवेणी बिकास समाज र संस्थागत संजाल ललितपुरको साझेदारीमा संचालित सर्बाङीण बिकासका लागि महिला तथा बालिकाहरुको सशक्तीकरण परियोजना, प्लान ईन्टरनेशनल, स्याक नेपालको सहयोगमा बृहतर्याली सहितको कार्यक्रम गरिएको थियो । कार्यक्रम जानकी गाउँपालिका वडा नं ४ का अध्यक्ष विश्राम कुमार बर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रमुख कल्पना गाहा मगर, त्रिवेणी बिकास समाजका समाजिक परिचालक अशोक यादव, बाल क्लब, किशोरी क्लब, साथी शिक्षक समिती,समाजसेवी,राजनितिक दलका प्रतिनिधि लगायत स्थानीय अगुवा बुद्धिजीवीको सहभागिता थियो ।

  • १ बैशाख २०७८, बुधबार १६:२१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार