वेब सिरिज 'ईओजी (Errors of God)' को पोस्टर सार्बजनिक - Dastabej

वेब सिरिज ‘ईओजी (Errors of God)’ को पोस्टर सार्बजनिक


  • दस्तावेज

  • रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको वेब सिरिज ‘ईओजी (Errors of God)’ को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा प्रकु पाण्डेले निर्देशन गरेको यस सिरिजमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानिसको रुपमा आएका भगवानहरुको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको छ । संगीत सापकोटाको लेखन रहेको यस सिरिजलाई सगुन पोख्रेलले निर्माण गरेकी हुन् ।

    बिकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, युनिसा ढुंगाना ‘सरिता’ को साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाल लगायत रंगमंचका पचास भन्दा बढी कलाकारहरुको अभिनय रहेको यस सिरिजमा क्राइसिस ज्याक (कृष्ण) को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।

  • १ बैशाख २०७८, बुधबार २२:०१ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न