नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको कोरोना वार्ड विरामीले भरिएपछि बुधबार कोरोना पुष्टि भएका विरामीहरुलाई होम आईसोलेसनम राखिएको छ । बुधबार २ सय २३ जनाको पीसीआर परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको थियो । त्यसअघि मंगलबार नैै भेरी अस्पतालको कोभिड वार्ड कोरोना विरामीले भरिएको छ । भेरीमा ६५ कोभिड वार्ड सन्चालनमा छ । कोभिड वार्ड भरिएका कारण अस्पतालले भर्ना बन्द गरेको छ । कोरोना संक्रमितको संख्या बढ््दै गएको र बेड अभाव भएपछि जिल्ला कोभिड संकट व्यवस्थापनको बिहिबार दिउँसो बैठक बस्दै छ । बैठकले कोभिड वार्ड स्थापना, पालिकास्तरीय आइसोलेसन निमार्ण बारे छलफल हुने बताइएको छ । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाले पनि आइसोलेसन निमार्णका लागि छलफल गरिरहेको जनाएको छ । अस्पतालले कोरोना संक्रमितहरुको उपचारका लागि भर्ना लिनसक्ने जनाएपछि अवस्था जटिल बनेको हो । भेरी अस्पतालमा १४२ वटा कोरोना वार्ड बनाइएको छ । तर जनशक्ति अभावका कारण ६५ वटा बेडमात्र संचालनमा छ । ति सबै वार्डहरु भरिएको छ । अस्पताल भर्ना भएका सबै कोरोनका विरामीलाई अक्सिजन दिइको ालछ । २४ जनाको अवस्था गम्भीर रहेको भेरी अस्प्तालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले बताए ।
मंगलबार ११३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको थियो । भेरी अस्पतालको आइसोलेशन कोरोना संक्रमितले भरिएपछि स्थानीय तहलाई आइसोलेशन स्थापना गर्न सुझाइएको छ । उनका अनुसार कोरोना नियन्त्रण नहुँदै सर्वसाधारणहरुले बेवास्ता गरेका कारण संक्रमण फेरि दोहोरिएको हो ।