बाँकेका विद्यालय एक साताका लागि बन्द – Dastabej

बाँकेका विद्यालय एक साताका लागि बन्द


  • दस्तावेज

  • नेपालगन्ज । कोरोनाको संक्रमण फैलिदै गएपछि जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार नेपालगन्ज सहित जिल्लाभर आइतबारदेखि एकसातासम्म सम्पुर्ण शैक्षिक सस्था बन्द हुनेछ्न । नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबारदेखि एकसाता बिद्यालय बन्द गर्ने निर्णय गरेकोमा संकट ब्यवस्थापन केन्द्रको निर्णयसंगै आइतबारदेखि विद्यालय बन्द हुने भएको हो । नेपालगन्ज उपमहानगरपालिकाले शुक्रवारदेखि लागु हुनेगरी एक साताका लागि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । उथियो । त्यसैलाई आधार मान्दै केन्द्रले जिल्लाभरीका बिद्यालय बन्द गरिएको हो । पमहानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढ्दै गएपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ । माक्र्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनूगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ । माक्र्स नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तिमा एकसाताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर माक्र्स नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।

  • २ बैशाख २०७८, बिहीबार १५:३२ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ