नेपालगन्ज । बाँकेमा कोरोनाको पक्रोप बढ्दै गएपछि काबुभन्दा बाहि जानासक्ने खतरा बढेको छ । परीक्षण गरिएका अधिकांशमा कोरोना पुष्टि हुन थालेपछि अवस्था जटिल बन्दै गएको हो । बिहिबार शिक्षण अस्पताल नेपालगन्जमा गरिएको ४५ जनाको पीसीआर रिर्पोट पोजेटीभ देखिएको छ । त्यसअघि भेरी अस्पतालमा पीसीआर परीक्षण गर्दा ६१ इएए कोरोनाको संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका अधिकांश रैथाने हुन । यसले बाँकेमा समुदायस्तरमा नै कोरोनाको संक्रमण फैलिसकेको पुष्टि गरेको छ । पहिलो चरणमा देखिएको कोरोनाको संक्रमण बाँकेमा नियन्त्रणमा आएको थियो । त्यसयता लापरवाही गरिएका कारण कोरोनाको दोस्रो लहरमा बाँके फेरि परेको छ । बिद्यालय खोलिए । सार्वजनिकस्थल, बजार सबै खुले पनि सावधानी भने अपनाइएन । भेरी अस्पताल नेपालगन्जका फिजिसीयन डा.संकेत रिसालले लापरवाहीका कारण कोरोनाको सक्रमण फैलिएको जनाए । बाँके प्रशासनले कोरोनाको महामारी नियन्त्रणका लागि मास्क नलगाउने व्यक्तिहरुलाई शुक्रबारबाट कारवाही गर्ने निर्णय गरेको छ । त्यस्तै भिडभाड नगर्न, भिडभाड गराउने व्यवसायीहरुको एक सातासम्म पसल बन्द गरी कारवाही गर्न सक्ने जनाएको छ ।
भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ । माक्र्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनूगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ ।