कोरोनाले थप एकको मृत्यु, उपचारका लागि बाहिर जिल्लाबाट बाँके आएका मृतु हुनेको संख्या९३ पुग्यो - Dastabej

कोरोनाले थप एकको मृत्यु, उपचारका लागि बाहिर जिल्लाबाट बाँके आएका मृतु हुनेको संख्या९३ पुग्यो


  • दस्तावेज

  • नेपालगन्ज — कोरोनाको संक्रमणका कारण कर्णाली प्रदेश सुर्खेत गुर्भाकोटका ३१ वर्षीय पुरुषको शुक्रबार बिहान साढे ७ बजे मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार साताअघि भारतबाट आएका उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि चैत ३१ गते नेपालगन्ज मेडिकल कलेज लगिएको थियो । त्यहाँ पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार ती पुरुषलाई कुनै दीर्घरोग थिएन । बाँकेमा हालसम्म बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका ९३ जनाको मृत्यु भइसकेको छ । यसैबीच, नेपालगन्ज मेडिकल कलेजमा ४५ जनाको पीसीआरपरीक्षण गर्दा रिर्पोट पोजेटीभ देखिएको छ ।

  • ३ बैशाख २०७८, शुक्रबार ११:०१ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न