नेपालगन्ज— भेरी अस्पताल नेपालगन्जले गरेको १८३ वटा नमुनाको कोरोना परीक्षण गर्दा १२७ जना संक्रमित भएको रिर्पोट सार्वजनिक गरिएको छ । पाइएको जानकारी गराएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमा सूचना प्रकाशित गर्दै पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेको जनाएको छ । यहि क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुश्किल हुने निश्चित भएको अस्पतालले बताएको छ । कोरोनाको महामारी सुरु भएयता अस्पतालमा एकदिनमै यति धेरै संक्रमित भेटिएको पहिलोपटक हो । यसले कोभिड १९ संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्छ,ु अस्पतालले भनेको छ, भेरी अस्पताल आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ ।
अस्पतालले गम्भिर प्रकारका बिरामीहरुको संख्या यही अनुपातमा बढ्न नदिनका लागि सुरक्षाका मापदण्डहरुको पालना गर्नका लागि आग्रह गरेको छ । विगत केही दिन यता भारतसँग सीमा जोडिएका जिल्लाका साथै देशकै राजधानी लगायत विभिन्न १४ जिल्लामा संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयले बताइसकेको छ ।