बाँकेमा बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु, कम्तीमा ३४ घाइते, ९ को अवस्था गम्भीर - Dastabej

बाँकेमा बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु, कम्तीमा ३४ घाइते, ९ को अवस्था गम्भीर


  • दस्तावेज

  • नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार सबै यात्रु घाइते भएका छन् । ३९ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरसँग शुक्रबार बेलुका ७ बजेतिर ठक्कर खाँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याइएको बाँकेका डिएसपी सुवास खड्काले बताए ।‘अस्पतालमा बिमारीको चापले घाइतेहरुको उपचारको व्यवस्थापन गरिरहेका छौं’डिएसपी खड्काले भने, ‘मृतक तथा घाइतेको पहिचान अझै खुल्न सकेको छैन ।’
    मृतकहरु सबै बसका यात्रु हुन् ।ईकान्तिपुरबाट

  • ३ बैशाख २०७८, शुक्रबार २१:२८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ