कोहलपुर दुर्घटना ः डेढ बर्षीया छोरी सकुशल, आमाको गयो ज्यान - Dastabej

कोहलपुर दुर्घटना ः डेढ बर्षीया छोरी सकुशल, आमाको गयो ज्यान

मृतक सबैको पहिचान


  • दस्तावेज

  • बाँके । पाँच जनाको ज्यान जाने गरी कोहलपुर नगरपालिका १३ बाँके राष्ट्रिय निकुन्ज सडक खण्डको रोहणी खोला भएको भिषण दुर्घटनामा डेढ वर्षीया बालिका सकुशल बाँच्न सफल भएकी छन् । आमाको भने दुर्घटनामा मृत्यु भएको छ । सिराह सुखीपुर गाउँपालिका–३ घर भएकी ३२ बर्षीयाअम्बिका कान्तिको दुर्घटनामा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । उनीसंगै डेढ वर्षीया छोरी पनि थिइन् । छोरी सुरक्षित रुपमा कोहलपुर मेडिकल कलेजमा रहेको कोहलपुरका डिएसपी रविन्द्र खनालले बताए । कान्ति शिक्षाका लागि खाद्यान्न कार्यक्रम सुर्खेतमा कार्यरत थिईन । उनी घर जाँदै थिइन् ।
    त्यस्तै दुर्घटनामा ज्यान गुमाएकाहरुको सनाखत भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालकोसहित एक महिला छन् । सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर छ ।

  • ४ बैशाख २०७८, शनिबार १०:१८ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न