भेरीले भन्यो,अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम छ – Dastabej

भेरीले भन्यो,अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम छ

१४२ बेड र १५ शैयाको आइसियू प्याक भइसक्यो


  • सुनिल रेग्मी

  • नेपालगन्ज । COVID-19 संक्रमण आक्रमक रुपमा फैलिने क्रम जारी छ । विगत २४ घन्टामा यस अस्पतालको प्रयोगशालामा ८१ नमुनामा RTPCR गरिएकोमा ७५ मा संक्रमण भेटिएको छ जसअनुसार Positivity Rate ९२.६ % हुन आउँछ ।
    यी नमुनाहरू स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षण सहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकोले Positivity Rate यति उच्च आएको हो । समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आबश्यक छ । यसको निम्ति नेपाल सरकारबाट पर्याप्त रियाजेन्ट/अन्य आबश्यक सामाग्री प्राप्त हुने र स्थानिय निकायहरूबाट नमुना संकलन गरि पठाइदिने हो भने परिक्षणको दायरा थप बढाउन भेरी अस्पताल हरदम तयार छ।
    कोभिड महामारी सुरु भएपछि यस अस्पतालमा स्थापना गरिएको कोरोना बिशेष आइसोलेसन वार्डको १०२ बेड, संकास्पद बिरामीलाई राख्ने ४० शैयाको Preisolation Ward (जम्मा क्षमता १४२ बेड) करीब करीब भरिइसकेको छ । १५ शैयाको कोभिड आइसियू पनि प्याक भैसकेको छ । संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको छ ।
    अत: भिडभाड नगरिदिनुहुन, अत्याबश्यक काम नपरेसम्म घरबाट ननिस्कनुहुन, मास्कको अनिवार्य प्रयोग गर्नुहुन, भौतिक दुरी कामय गर्नुहुन तथा रुघा/खोकी, ज्वरोका लक्षण देखा परेमा स्वएकान्तबास (Self Isolation) गर्नुहुन समेत अनुरोध गर्दछौं।
    स्वाब परिक्षणमा पोजिटिभ आएका व्यक्तिहरूले समेत घरमै पर्याप्त आराम गर्ने, थर्मोमिटरको प्रयोग गरि तापक्रमको अभिलेख राख्ने, सामान्य जरो आएमा सिटामोट आबश्यकता अनुसार प्रयोग गर्ने, रगतमा अक्सिजनको मात्रा नाप्न Pulse Oximeter को व्यवस्था गरि समयसमयमा नाप्ने, स्वास प्रस्वासमा समस्या आएमा, जरो नियन्त्रण नभएमा वा अक्सिजन स्याचुरेसन ९४% भन्दा कम भएमा अस्पतालमा आउनुहुन समेत सम्पूर्ण जनसमुदायमा अनुरोध छ ।

  • ५ बैशाख २०७८, आईतवार १३:३४ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. कोरिनयनपुरको प्रवेशद्धारमा भ्वाँङ, स्थानीयले गाडे हाँगा