७ दिनमा बाँकेमा ७५० कोरोना संक्रमित, २४ घण्टामा ४ को मृत्यु - Dastabej

७ दिनमा बाँकेमा ७५० कोरोना संक्रमित, २४ घण्टामा ४ को मृत्यु

बेड भरिएपछि कोरोनाका विरामी होम आइसोलेसनमा


  • सुनिल रेग्मी

  • नेपालगन्ज । कोरोनाका विरामीले भेरी अस्पताल नेपालगन्जको कोरोना वार्ड भरिएपछि संक्रमण पुष्टि भएका विरामीलाई होम आइसोलेसनमा राख्न थालिएको छ । अस्पतालमा रहेका सबै विरामीहरुलाई अक्सिजन दिनुपर्ने अवस्था रहेकाले बेड खाली हुननसकेको हो । एक सातामा साढे सय कोरोनाका विरामी भेटिएका छन् । ती मध्ये ८२ जना भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । २४ घण्टामा चार जनाको मृत्यु भइसकेको छ । एकै दिन ७५ जना कोरोना संक्रमित थपिएका छन् । विरामीको संख्या थपिने क्रमसंगै मृत्यु हुनेहरु बढ्न थालेपछि अस्पतालले सर्तकता अपनाउन आग्रह गरिरहेको छ ।
    भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले बाँकेमा कोरोनाका विरामी थपिने क्रम जारी रहेको बताए । भेरी अस्पतालमा हाल कोरोनाका ८२ विरामी उपचारका लागि भर्ना छन् । ३४ जना आइसुयुमा र ७ जना भेन्टीलेटरमा भर्ना गरिएका छन् । पछिल्लो समय कोरोनाको संक्रमण शिक्षक, बिद्यार्थीहरुमा समेत देखिएको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसमर अनुसार एक दर्जन बढी शिक्षकहरुमा कोरोना पुष्टि भएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले भेरी अस्पतालको बेड भरिएपछि नयाँ संक्रमण देखिएका व्यक्तिहरुलाई होम आइसोलेसनमा बसाइएको बताए । ‘भेरी अस्पतालबाहेकको कोरोना वार्डहरु बन्द गरिएका छन् । त्यसैले अहिले समस्या देखिएको हो,’ उनले भने,‘यसअघि कोरोना बिशेष अस्पतालका रुपमा बनाइएको शिक्षण अस्पताल नेपालगन्जले पनि वार्ड राखेको छैन ।’ उनले सबैको सहयोगमा कोभिडका विरामीका लागि वार्ड स्थापना गर्ने पहल भइरहेको बताए ।बाँकेमा कोरोेनाको महामारी तिब्ररुपमा फैलिन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले नेपाल—भारत सीमामा कडाई गर्ने लगायतका विभिन्न निर्णय गरेको छ । कोरोना विरामीका लागि शिक्षण अस्पताललाई पनि कोभिड वार्ड बनाउन र पालिकाले सन्चालन गरी बन्द गरेका आइसोलेसन सेन्टर पुनः सन्चालन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । त्

  • ५ बैशाख २०७८, आईतवार १६:१० प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा