संक्रमण दर १९ प्रतिशत पुग्यो - Dastabej

संक्रमण दर १९ प्रतिशत पुग्यो

संक्रमित हुनेमा २०।४० वर्ष उमेर समूहका धेरै


  • दस्तावेज

  • काठमाडौँ — कोरोना संक्रमण दर ९पर्सेन्टेज पोजिटिभिटी रेट० झन्डै १९ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ८३ जनाको स्वाब परीक्षण गर्दा १ हजार ९६ अर्थात् १८।९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो । ४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ । केही दिनयता संक्रमण दर बढ्दै गएको छ । बुधबार संक्रमण दर १२।७२ प्रतिशत, बिहीबार १२।८६ प्रतिशत र शुक्रबार १४।६१ प्रतिशत थियो । शनिबार १४ प्रतिशत रहेकामा आइतबार १८।९५ पुगेको हो । संक्रमित हुनेमा नेपालगन्ज र काठमाडौंमा बढी छन् ।आइतबार काठमाडौंमा ३ सय २६ र बाँकेमा १ सय ६३ जनामा कोरोना देखिएको छ । संक्रमित हुनेमा २०–४० वर्ष उमेर समूहका धेरै छन् । विद्यालय तहका बालबालिका संक्रमण हुने क्रमसमेत बढ्दै गएको छ । १९ वर्षमुनिका संक्रमित करिब १० प्रतिशत छन् । बुधबार ७०बालबालिकामा संक्रमण पुष्टि भएको थियो । यो संख्या बिहीबार ५२, शुक्रबार ८१ र शनिबार ८९ थियो । आइतबार बढेर १ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । ५ वर्षमुनिका ३ हजार ५ सय ६५ जनालाई कोरोना देखिइसकेको छ । जसमध्ये १० जनाले ज्यान गुमाइसकेका छन् ।

    ईकान्तिपुरबाट

  • ६ बैशाख २०७८, सोमबार ११:२० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार