बाँकेमा किन गरिदै छ लकडाउन ? - Dastabej

बाँकेमा किन गरिदै छ लकडाउन ?

‘लापरवाही सर्बत्र छ । ध्यान नदिने हो भने अवस्था जे पनि हुनसक्छ,’


  • दस्तावेज

  • बाँके, बैशाख ७ गते । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरिएको छ । लकडाउन किन हुँै छ त ? भेरी अस्पताल नेपालगन्जले कोरोनाको संक्रमण फैलिने क्रम नरोकिने र अस्पतालहरूले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुनसक्ने जोखिम रहेको चेतावनी दिएको छ । पछिल्लो समय शकाका आधारमा पीसीआर परीक्षण गर्दा करिव शत प्रतिशतमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि अस्पताल प्रशासनले सार्वजनिकरुपमै उक्त चेतावनी दिएको हो । यस क्षेत्रकै सबैभन्दा ठूलो र सुविधायुक्त उक्त अस्पतालले बनाएको कोभिड वार्डहरु विरामीले भरिभराउ भइसकेको छ । तर दैनिक एक सय बढी कोरोनाका विरामीहरु थपिदै गएका छन् । अस्पताल भरिभराउ हु“दा थपिएका कोरानाका विरामी होम आइसोलेसनमा बस्दै आएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका चार जनाको मृत्यु भएको छ । एकै दिन३ सय बढी जना कोरोना संक्रमित थपिएका छन् । एक साताको दौरानमा परीक्षण गर्दा एक हजार  कोरानाका विरामी थपिएका छन् । विरामीको संख्या थपिने क्रमसंगै मृत्यु हुनेहरु बढ्न थालेपछि अस्पतालले सर्तकता अपनाउन आग्रह गरिरहेको छ । तर कोरोनाको महामारी नियन्त्रणका लागि गरिएको आग्रहको सर्बत्र अटेर हुँदै आएको छ । एकै दिन ३ सय बढीमा संक्रमण देखियो । भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले यसैगरी विरामीको संख्या थपिदै जाने कोराना नियन्त्रण गर्न तर्फ चासो नदिए परिस्थिती भयाभव अवस्था आउन सक्ने बताए । ‘लापरवाही सर्बत्र छ । ध्यान नदिने हो भने अवस्था जे पनि हुनसक्छ,’ उनले भने । नेपालगन्जबाट नजिक पर्ने भारतको लखनाउमा कोरोनाका विरामीहरुले बेड पाउन नसकेको अवस्था बाँकेमा पनि दोहोरिन खतरा नजिक रहेको उनले बताए । ‘यस्तैगरी कोरोना संक्रमण बढ्ने हो भने अस्पतालले थेग्न सक्ने अवस्था रहदैन । यसले स्वास्थ्य प्रणाली हुनसक्छ,’ डा. थापाले भने ।
    भेरी अस्पतालमा हाल कोरोनाका ८२ विरामी उपचारका लागि भर्ना छन् । ३४ जना आइसुयुमा र ७ जना भेन्टीलेटरमा भर्ना गरिएका छन् । चिकित्सकहरुले बाँकेमा लकडाउनको विकलप नरहेको सुझाव प्रशासनलाई दिएका छन् । लकडाउन नगरे संक्रमणको गति अझै बढ्ने सम्भावना रहेको उनीहरुको सुझाव छ । तर बा“केका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तत्कालै लकडाउन गर्ने सम्भावना नरहेको प्रतिक्रिया दिए । उनले सकेसम्म स्वास्थ्य मापदण्ड पूरा गरी कोरोना नियन्त्रणको प्रयास गर्ने जनाए ।
    समुदायमा संक्रमण फैलिएसंगै चिकित्सहरुले भिडभाड नगर्न अत्याबश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कामय गर्न र रुघा÷खोकी, ज्वरोका लक्षण देखा परेमा सेल्फ आइसोलेसनमा बस्न सुझाव दिएका छन् । अस्पताल भर्ना हुननसकेका संक्रमितहरू घरमै पर्याप्त आराम गर्ने, थर्मोमिटरको प्रयोग गरी तापक्रमको अभिलेख राख्ने, सामान्य जरो आएमा सिटामोल आबश्यकता अनुसार प्रयोग गर्न सुझाव दिइएको छ । रगतमा अक्सिजनको मात्रा नाप्ने मेसीनकोे व्यवस्था गरी समयसमयमा नाप्ने, स्वास प्रस्वासमा समस्या आएमा, जरो नियन्त्रण नभएमा वा अक्सिजन स्याचुरेसन ९४ प्रतिशत भन्दा कम भएमा अस्पतालमा पुग्न आग्रह गरिएको छ ।

     

  • ७ बैशाख २०७८, मंगलवार १५:४८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार