नेपाल निजामती कर्मचारी संगठन स्थापना दिवसको अवसरमा आज बाँके जिल्लामा असहाय, अशक्त, जेष्ठनागरिक एवं बालबालिकालाइ खाद्यान्न सामग्री हस्तान्तरण गरिएको छ l संगठन स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन, बाँकेले नेपालगंज स्थित निलसागर असहाय, अशक्त, जेष्ठनागरिक सेवा केन्द्रलाई सो सामग्री हस्तान्तरण गरेको हो l नेपालको निजामती क्षेत्रमा पहिलो र जेठो संगठनको रुपमा २०४७ बैशाख ७ गते स्थापना भएको नेपाल निजामती कर्मचारी संगठन देशकै अग्रणी र नेतृत्वदायी संगठनको रुपमा स्थापित भएको यो संगठन आम कर्मचारीहरुको आशा, भरोशा र आस्थाको केन्द्र रहेको संगठन बाँकेका सचिव देवीलाल चौलागाईंले बताउनु भयो बाँके जिल्लामा कोभिड संक्रमण हालसम्मकै उच्च दरमा बढिरहेको सन्दर्भमा संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै यस बर्ष अन्य भेला, छलफल र अन्तरक्रियाको कार्यक्रम राख्न नसकिएको सचिव चौलागाईंले जानकारी दिनुभयो l संगठन, बाँकेका अध्यक्ष अग्नि प्रसाद आचार्यको अध्यक्षता र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, बाँकेका अध्यक्ष-कृष्ण कुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रसेवक सहकारी संस्था लि. बाँकेका अध्यक्ष चिरन्जीवी पाण्डे, नेपाल निजामती कर्मचारी संगठन, बाँकेका सचिव देवीलाल चौलागाईं लगायतको सहभागिता रहेको थियो l