लकडाउन उल्लंघनः १ महीनासम्म कैद वा रु, १०० सम्म जरिबाना वा दुवै सजाय - Dastabej

लकडाउन उल्लंघनः १ महीनासम्म कैद वा रु, १०० सम्म जरिबाना वा दुवै सजाय

लामो दुरीका सवारी चल्ने, अतिआवश्यक सेवा खुल्ने


  • दस्तावेज

  • नेपालगन्ज । गर्मींसंगै नेपालगन्जमा कोरोना संक्रमणको पारो उक्लिन थालेको भन्दै स्थानीय प्रशासनले बिहिबार मध्यरातिदेखि गर्न थालेको लकडाउनमा के गर्ने नगर्न पाउने बारे सर्वसाधारणहरुले चासो राखेका छन् । स्थानीय प्रशासनले नेपालगन्ज क्षेत्रमा मात्रै एक साता लकडाउन गर्ने निर्णय गरे पनि बाँकेभरी लकडाउनको हल्ला गरिएको छ । प्रशासनले भने बिज्ञप्ती जारी गरी नेपालगन्ज क्षेत्र मात्रै तोकेको जनाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी बाँकेको सिफारिसमा बाँके प्रशासनले बैशाख ८ गते राति १२ बजेदेखि लागू हुने लकडाउन गर्दै छ ।

    संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउन उल्लंघन गरेमा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु, १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ । यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महीनासम्म कैद वा रु। ६००।सम्म जरिबाना वा दुवै सजाय हुने कानुनी ब्यवस्था छ । उक्त कसूरको मुद्दामा कारवाई र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।
    लकडाउन अवधिभर यातायातका साधन, पसल, कलकारखाना, शैक्षिक संस्था सवै बन्द हुनुका साथै हिड्डुल समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । तर नेपालगन्जबाहेकका लामो सवारी साधनहरु भने चल्ने छ ।स्वास्थ्य, शान्ति सुरक्षा, दूर संचार, खानेपानी, फोहरमैला ब्यवस्थापन, पेट्रोलियम पदार्थ, तरकारी, खाद्यन्न तथा दुग्ध पदार्थ, औषधि पसल, बैँकको एटिएम जस्ता अत्यावश्यक सेवाहरु खुल्ला रहने छ ।

  • ८ बैशाख २०७८, बुधबार १६:३२ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार