नेपालगन्ज । नेपालगन्ज ५ फुलटेक्राका करिव ४० वर्षीय अब्दुलकादिर हल्वाई बुधबार दिउँसै देखि चिन्तित देखिन्थे । कोभिड नियन्त्रणका लागि नेपालगन्जमा लकडाउन हुने खबर सुनेर उनी दुखी भएका हुन । कारण एउटै थियो,‘ पेट कसरी पाल्ने ।’ उनी अटोरिक्सा चालक हुन । बुधबार रातिबाट लकडाउन हुने भएपछि हल्वाईले निराश हुदै कुरा गरे, म केही गरी पेट पाल्न सकुला तर दुई बच्चा र श्रीमतिको खर्च कसरी पुर्याउने भन्ने चिन्ता लागेको छ ? हतारमा कुरा गर्दे यात्रुहरु हेरिरहेका थिए, केही गरी आज अली बढी पैसा कमाउन सके केही राहत हुने उनको सोच थियो । बिपि चोकमा पैडल हिड्ने जो कोहीलाई पनि सोध्ने गथे कहाँ जानुहुन्छ । एकदमै हतारमा दुबैतिर उनलाई कुरा गर्न भ्याइ नभ्याई थियो । किनकी चालक हल्वाईलाई सवारी पाउनुको चिन्ता थियो । लकडाउनको खबरले जसरी बुधबार भरी बढी पैसा कमाउन सकु । बेलाबेलामा लकडाउनको खबरले चल्दै आएको रोजीरोटी खोसिने भयो भनेर उनी निराशले कम बोलिरहेका थिए । कुरा गर्दा गर्दै उनी सवारी पाउने बित्तिकै हिडिहाले । चालक हल्वाई बिगत ५ बर्षदेखि आटो रिक्सा चलाएर पेट परिवार पाल्दै आएका छन् । उनी त एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन उनको जस्तै लकडाउनको चिन्ता सबै आटो रेक्सा चालकलाई छ ।
त्यस्तै अटो चलाएर नै आप्mनो र परिवारको पेट पाल्दै आएका नेपालगन्ज टाँगा स्टेण्डका मुवारक शेखको चिन्ता पनि उस्तै छ, लकडाउनमा परिवार कसरी पाल्ने । लकडाउन भयो भने के गर्नु हुन्छ भन्ने प्रश्नमा शेखले झर्केर जवाफ दिए घरमै बस्छु । झर्केर जवाफ दिनुको एउटै कारण थियो लकडाउन । लकडाउन भयो भने परिवार कसरी पाल्ने ? मुवारले दुख व्यक्त गर्दैै भने,‘ ३ छोराछोरी र आमा बुवा गरी ५ जानको परिवार छ । कामउने श्रोत भनेको यो एउटा आटो रिक्सा हो । अरु कुनै अम्दानीको श्रोत छैन ।’ लकडाउन भयो भने न कतै जान मिल्छ न कुनै काम नै । जसले साह्रै दुख हुने उनको भनाई थियो । गत बर्षको लकडाउन लाई सम्झिदै उनले भने,‘यस्तो अवस्थामा त कसैले सरसापटी पनि दिदैनन् । हामी गरिबको चुल्हो कसरी बल्छ ।’ यो लकडाउनमा निकै दुख हुने दुखेसो उनले पोखे । रिक्सा चालक मात्रै होइन दिनमा कमाएर साझाँ चुल्हो बाल्ने सबै श्रमिकहरुको पिडा उस्तै हो । बिशेष गरेर ओटो चालक, ठेला व्यपारी, दैनिक ज्याला मजदुरहरु लकडाउनबाट निकै प्रभाबित हुने गर्दछन् । नेपालगन्जको शिक्षण अस्पताल अगाडि फलफुल बेच्दै गरेका बर्दिया राजापुरका मुन्न हासिमको पिडा पनि उस्तै छ, लकडाउनमा के गर्ने ? बिगत ११ बर्ष देखि नेपालगन्जमा कोठा भाडा लिएर फलफुल बिक्री गरी परिवार पाल्दै आएका हासिमले लकडाउनमा परिवारको खर्च कसरी धान्ने भन्नेमा, उनि चिन्तित थिए । फलफुल बिक्री गर्दै उनी दस्ताबेज संग कुरा गर्दै भने,‘कुनै सिप नलागे उधारो मागेर खाने हो ।’ जासोतसो फलफुल बेचेर परिवार पाल्दै आएका हसिमले लकडाउनमा ठेला नै नलागाउन पाए अम्दानी कसरी हुन्छ । अम्दानी नभए साँझा बिहान कसरी छाक टार्ने हो निकै धौधौ कुरा सुनाए । नेपालगन्जमा पश्चिम नेपालको ठुलो शहर हो । भारतको सीमासंग प्रत्यक्ष जोडिएको यो नेपालगन्ज शहर कोरोनाको उच्च जोखिममा छ । केही दिनदेखि निरन्तर कोरोनाको संक्रमण उच्च भएपछि नगरमा बिहिबारदेखि एक साताका लागि लकडाउन हुदै छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार नेपालगन्ज उपमहानगरपालिका भित्र बैशाख ९ गते देखि १५ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । अवस्था समान्य नभए लकडाउन बढ्न सक्ने जिल्ला प्रशासनले जनाएको छ ।