नेपालगन्जमा लकडाउनको बाहानामा तरकारीको मुल्य बढाउने र कृत्रिम अभाव सृजना गर्ने व्यवसायीलाई संयुक्त बजार अनुगमन टोलीले लकडाउनको दोश्रो दिन शुक्रबार बिहान बजार अनुगमनका क्रममा कारवाही गरेको छ l
नेपालगंज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर सहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका प्रमुख – कृष्ण प्रसाद पौड्याल, कृषि ज्ञान केन्द्र – बाँकेका प्रमुख सागर ढकाल, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच – बाँकेका अध्यक्ष बसन्त गौतम लगायतको बजार अनुगमन टोलिले नेपालगन्जको मुख्य तरकारी बजार रानीतलाउ र बिपिचोक क्षेत्रमा अनुगमन गरेको थियो l
अनुगमनका क्रममा तरकारी लुकाई छिपाई भण्डारण गरि राखेको एक तरकारी पसल र बिल जारि नगर्ने, खरिद बिल नराख्ने र मुल्य सूची अद्यावधिक नगर्ने अर्को तरकारी पसललाइ बीस/बीस हजार रुपैंया तत्काल जरिवाना गरिएको र मुल्य वृद्धि नगर्न, कृत्रिम अभाव सृजना नगर्न, मुल्य सूची राख्न र अनुचित व्यावसायिक क्रियाकलाप नगर्न व्यवसायीलाई निर्देशन दिईएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका सुचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनु भयो l