कोरोनाले बेहाल, चिकित्सक र स्वास्थ्यकर्मीले पनि बेड पाएनन् – Dastabej

कोरोनाले बेहाल, चिकित्सक र स्वास्थ्यकर्मीले पनि बेड पाएनन्

‘बिरामीलाई भर्ना गर्न सकिँदैन, घर जानुस् भन्नुजस्तो पीडा अरू के हुन सक्छ ?’


  • ठाकुरसिंह थारु

  • नेपालगन्ज । नेपालगन्जमा सञ्चालित साइनिङ स्टार अस्पतालका एक चिकित्सक संक्रमित भएपछि भर्ना हुन बिहीबार भेरी अस्पताल पुगे । कोरोना वार्ड पूरै भरिएको भन्दै उनलाई फर्काइयो । संक्रमण देखिएका चिकित्सकले स्वास्थ्यमा समस्या भइरहेकाले भर्ना गरिदिन पटक–पटक अनुरोध गरिरहे । तर अस्पताल प्रशासनले चाहेर पनि भर्ना लिन सकेन । कोरोना वार्डका कुनाकाप्चामा पनि बेड राखेर संक्रमितलाई भर्ना गरिएको छ । सहकर्मी चिकित्सक संक्रमित भएका बेला अस्पतालमा भर्ना गरेर उपचार गर्नुको साटो फिर्ता पठाउँदा त्यहाँका स्वास्थ्यकर्मी र चिकित्सकको मन कति भारी भयो होला ? ‘कुरै नगर्नुस् । सँगै काम गरेको चिकित्सकलाई अस्पताल भर्ना गर्न नसक्दाको पीडा भनेर साध्य हुँदैन,’ डा. पाण्डेले भने,भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा खटिएका दुई स्वास्थ्यकर्मीमा बिहीबार संक्रमण देखियो । अस्पतालले बेड नभएका कारण आफ्नै स्टाफलाई भर्ना गर्न सकेन । दुई जनालाई होम आइसोलेसनमा बस्न पठाइएको छ । आफू रातदिन कार्यरत अस्पतालले बिरामी भएका बेला भर्ना नगरेपछि उनीहरूले मन थाम्न स कुरै थिएन । संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीले पनि अस्पतालमा भर्ना नपाएपछि यहाँको स्वास्थ्य अवस्था जटिल बनेको छ ।भेरी अस्पतालमा रहेको १ सय ४२ आइसोलेसन वार्ड भरिइसकेका छन् । ३५ आईसीयू बेड र ७ भेन्टिलेटर पनि खाली छैन । पछिल्लो समय कोरोनाको लक्षण तीव्र देखिन थालेपछि परीक्षण गराउनेको संख्या पनि बढेको छ । परीक्षण गरिएकामध्ये ८० प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको छ । संक्रमित पुष्टि भएपछि सर्वसाधारणले आइसोलेसन बेड पाउन कुर्नॅपर्ने अवस्था आइलागेको छ । संक्रमणमुक्त भएर डिस्चार्ज भएपछि मात्र अर्को संक्रमितले भर्ना पाउने स्थिति छ । बर्दियाको बारबर्दियाकी एक महिलाले करिब पाँच घण्टा पालो कुरेपछि बिहीबार राति भेरीको कोभिड वार्डमा भर्ना पाइन् । ‘भाग्यले साथ दियो, एक जना डिस्चार्ज भएपछि भर्ना मिल्यो,’ उनले भनिन् । दैनिक सयौं जनामा संक्रमण देखिन थालेपछि भेरी अस्पतालले ‘स्थिति नियन्त्रणभन्दा बाहिर गइसकेको’ भन्दै उपचार गर्न सक्ने अवस्था नरहेको जनाएको छ । अस्पतालका सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले कोभिडका लागि छुट्याइएका सबै १ सय ४२ बेड भरिभराउ भइसक्दा पनि संक्रमित आउने क्रम जारी रहेको बताए । ‘यस्तो अवस्थामा हामी मूकदर्शक भएर बस्नेबाहेक केही गर्न सक्ने अवस्था छैन,’ उनले भने ।विषम परिस्थितिमा जिल्लाभरि रहेका सबै अस्पताल, स्वास्थ्य संस्थामा कोरोनाका बिरामीको उपचारका लागि व्यवस्था मिलाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । भेरीको कोरोना वार्ड भरिएपछि राँझास्थित ह्वाइटहाउसलाई पनि आइसोलोसन वार्ड बनाइएको छ । बिहीबारमात्रै ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । एक हजारभन्दा बढी संक्रमित होम आइसोलेसनमा बसेका छन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले संक्रमित बिरामीलाई आँसु झारेर बेड छैन भन्नुपर्ने बाध्यता रहेको बताए । बाँकेमा सरकारीस्तरबाट भेरी र निजीबाट शिक्षण अस्पताल नेपालगन्जले कोरोनाका बिरामी लिँदै आएका छन् । तर वार्डहरू भरिएपछि अन्य अस्पतालमा पनि संक्रमितको उपचारको व्यवस्था गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

  • ११ बैशाख २०७८, शनिबार ११:४८ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ