नेपालगन्ज । नेपालगन्जमा कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेले केन्द्र सरकारसंग चिकित्सकसहितको मेडिकल टीम माग गरेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले भेरी अस्पताल नेपालगन्ज, शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा भर्ना भएका कोरोनाका विरामीहरुको उपचारका लागि जनशक्ति अभाव रहेको भन्दै जनशक्ति माग गरिएको छ । त्यस्तै कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको भन्दै भेरी, शिक्षण अस्पतालमा थप दुईदुई सय बेड थप्ने निर्णय गरिएको छ । कोरोना संक्रमितहरुलाई आवश्यक पर्ने अक्सिजन लगायतका सामाग्रीका लागि केन्द्र सरकारसंग १०, प्रदेश सरकारबा ५ करोड माग गरिएको छ । कोरोना नियन्त्रणका लागि तत्तकाल खर्च गर्नका लागि नेपालगन्ज उपमहानगरपालिकाले ३ लाख, कोहलपुर नगरपालिकाले २ लाख र अन्य ६ गाउँपालिकाले एकएक लाख गरी ११ जिल्ला विपद व्यबस्थापनको खातामा राख्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले बताए ।