नेपालगन्ज— बाँकेमा कोरोनाको संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासनले सोमबार रातिदेखि लागु हुने गरी जिल्लाभरी अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोनाको सक्रमण नियन्त्रणभन्दा भन्दा बाहिर गइसकेको तर भिडभाड हुन नछाडेपछि निषेधाज्ञा लागु गरिएको हो । निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ । एम्बुलेन्स, दमकल, शववाहनन, सुरक्ष्ँँकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउने छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगन्ज, कोहलपुरमा गरिएको लकडाउन प्रभावकारीरुपमा कार्यान्वयन नभएको र कोरोनको संक्रमण फैलिदै गएपछि निषेधाज्ञा जारी गर्नु परेको हो ।