भेरी अस्पतालमा दैनिक ४ लाख अक्सिजनमा खर्च - Dastabej

भेरी अस्पतालमा दैनिक ४ लाख अक्सिजनमा खर्च

कोरोनो अनियन्त्रितः  आर्थिक भार बढ्यो, केन्दद्धारा बेवास्ता


  • दस्तावेज

  • नेपालगन्ज— कोरोनाका विरामीले खचाखच भरिएको भेरी अस्पतालमा नेपालगन्जमा दैनिक ४ लाख रुपैयाँ अक्सिजनमा मात्रै खर्च हुने गरेको छ । खर्च बढेसंगै अस्पताललाई आर्थिक भार खेप्नु परेको छ । विरामीको चाप बढेसंगै अक्सिजन बढी खर्च हुन थालेको हो । पछिल्लो समय कोरोनाको संक्रमण देखिएका अधिकांशलाई अक्सिजन आवश्यक परेको चिकित्सक बताउँछन् । संघीय र प्रदेश सरकारले आर्थिक सहयोग नपठाउने हो भने अस्तालले धेरै दिन काकआर्थिक भार खेप्न सक्दैन । अस्पताल विकस समितिका अध्यक्ष प्रमोद धितालले विभिन्न सहयोगी संस्थाहरुले अक्सिजनका लाग सहयोग गरेको बताए । यसअघि डीसीसीएमसीको शनिबार बसेको बैठकले संघीय सरकारसँग १० करोड र प्रदेश सरकारसँग ५ करोड आर्थिक सहयोग माग गरेको थियो । तर त्यसको कुनै सुनुवाई भएको छैन । एउटा अक्सीजन सिलेण्डरलाइ ९१५ रुपैया खर्च पर्छ । हाल अस्पतालमा रहेका १८२ जना मध्ये सय ५०को हाराहारीमा अक्सीजन सहित त्यसमा ३० जना भेण्टीलेटरमा उपचाररत छन् । यता नेपालगन्जमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सहयोगका लागि संघीय सरकार संग माग गरेपनि त्यसको कुनै प्रतिक्रिया आएको छैन । भेरी अस्पताल नेपालगन्ज, शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा कार्यरत जनशक्तिबाट मात्र कोरोनाका बिरामीको उपचार सम्भव नभएपछि सहयोगका लागि अपिल गरीएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।
    केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकले कोरोनका विरामीहरुको उपचार सम्भव भइनरहेको निस्कर्ष निकाल्दै जनशक्ति उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ । दैनिक सयौं कोरोना संक्रमित विरामीहरुको संख्या थपिदै गएपछि अस्पतालमा बेड अभाव भएका कारण भेरी र शिक्षण अस्पताल नेपालगन्जमा थप दुई÷दुई सय बेड अनुरोध गर्ने निर्णय गरिएको छ । स्वास्थ्यकर्मी लगायतका जनशक्ति अभाव भएका कारण हाल कोरोना वार्ड स्थापना गरेका दुई अस्पतालले संक्रमितहरुलाई उपचार दिन सक्ने अवस्था छैन । ‘बेड थपेर मात्र समस्या समाधान हुँदैन । अक्सिजन लगायतका आवश्यक पर्छन,’ भेरी अस्पताल नेपालगन्जका मेडिकल विभाग प्रमुख फिजिसीयन डा. राजन पाण्डे भन्छन्,मुख्य कुरा जनशक्ति हो । हामीलाई जनशक्ति अभाव भइरहेको छ ।’
    कोरोनाको संक्रमण नियन्त्रणका लागि अक्सिजन सर्पोटसहितको आइसोलेसन सेन्टर स्थापना, अस्पतालहरुमा अक्सिजनसहितको बेडहरु थप्न,आइसीयु र भेन्टीलेटरको संख्या बढाउन स्रोतहरुको अभाव भएकाले केन्द्र सरकारसंग १० करोड र लुम्बिनी प्रदेश सरकारसंग ५ करोड आर्थिक सहयोग माग गरिएको छ । कोरोनाका विरामीहरुको उपचार गरिरहेका भेरी अस्पताल र शिक्षण अस्पताल नेपालगन्जलाई आवश्यक पर्ने मेडिकल उपकरण र भेन्टीलेटरका लागि सहयोग गर्न सरकारसंग माग गरिएको छ ।

     

     

     

     

  • १३ बैशाख २०७८, सोमबार ०८:१६ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न