नेपालगन्ज । पछिल्लो ३६ घण्टा यता बाँकेमा ६३१ जना कोरोनाका विरामी थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ३ सय ८३ जना कोरोनाका विरामी थपिएका छन् । ४७६ जनाको स्वाब परीक्षण गर्दा ठूलो संख्यामा कोरोनाका विरामी थपिएका हुन । यो ८०.५ प्रतिशत संक्रमित प्रतिशत हो । त्यस्तै शिक्षण अस्पताल कोहलपुरमा १८८ को परीक्षण गर्दा १४५ जना, बागेश्वरी ल्याबमा १६९ को परिक्षण गर्दा १०१ र जमुनाहा नाकामा १६ जनाको परीक्षणा गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला आपतकालिन सन्चालन केन्द्रका अनुसार बाँकेमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ । कोरोना संक्रमित २४९४ जना उपचारकै क्रममा छन् । ८६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय कोरोनाको संक्रमण बढेसंगै मृतकको सख्या पनि बढेको हो ।भेरी अस्पताल नेपालगन्जमा २०३ जनाको उपचार भइरहेको छ । ति मध्ये १० जनाको भेन्टीलेटर र ६० जनाको आइसीयुमा उपचार भइरहेको छ । शिक्षण अस्पताल नेपालगन्जमा ५७ जनाको उपचार भइरहेको छ । ति मध्ये २ जना भेन्टीलेटर, १५ जना आइसीयुमा छन् । होटल व्हाइट हाउसमा ३९ जना र कोहलपुर नगरपालिकाको कोभिड वार्डमा १२ जानको उपचार भइरहेको छ ।